कुस्माको नमुना बन्यो प्रदेशकै उत्कृष्ठ नीजि विद्यालय

namuna boardingसन्तोष थापा,पर्वत/पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित नमुना अंग्रेजी आवासीय मावि प्रदेश नं. ४ अन्तर्गत सञ्चालित संस्थागत विद्यालय मध्ये उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कृत हुने भएको छ । शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी (संस्थागत) विद्यालयमध्ये उत्कृष्ट २० विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नमुना छनोट भएका ेहो ।
अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिने मन्त्रालयले जनाएको छ । देशका करिब ३० हजार सामुदायिक र करिब ७ हजार निजी विद्यालयमध्ये २० छानिएका हुन् । मन्त्रालयका अनुसार सामुदायिकतर्फ ११ र निजीतर्फ ९ लाई छनोट गरिएको हो । कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा सामुदायिकतर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि र निजीतर्फ बागबजारस्थित काठमाडौं मोडेल मावि छनोट भएका छन् ।
कक्षा १० को पुरस्कारका लागि राष्ट्रिय स्तरमा सामुदायिकतर्फ बुटवलको कालिका मावि र निजीतर्फ विराटनगरको बालकल्याण विद्यामन्दिर छनोट भएका छन् । दुवै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद २ लाख रुपैयाँ प्रदान गरिनेछ । प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत सामुदायिकतर्फ प्रदेश नम्बर १, २ र ३ बाट क्रमशः ओखलढुंगाको वरुणेश्वर मावि, रौतहटको ओम मावि र चितवनको नारायणी मोडेल मावि छन् । सामुदायिकतर्फ नै प्रदेश नम्बर ४, ५, ६ र ७ बाट क्रमशः कास्कीको बालमन्दिर मावि, बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम मावि छन् । दुर्गमबाट सामुदायिकतर्फ हुम्लाको महाबुद्ध मावि छनोट भएको छ । पुरस्कार राशि १ लाख रुपैयाँ छ ।
यसपटक निजीतर्फ प्रदेश स्तरमा दिइने पुरस्कारका लागि प्रदेश नम्बर १, २, ३ र ४ बाट क्रमशः विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी र पर्वतको नमुना अंग्रेजी आवासीय मावि परेका छन् । निजीतर्फ नै प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल छन् । प्रदेश स्तरमा छानिएका सबै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि विद्यालय छनोटको प्रकाशित सूचनामा आफ्नो विद्यालयको नाम पुरस्कृत हुने सूचीमा परेपछि नमुना अंग्रेजी आवासीय माविका अध्यक्ष यमप्रसाद शर्माले भने, ‘विद्यालयले गरेको मिहिनेतअनुसार प्रतिफल पाउँदा खुसी लागेको छ । यसको श्रेय सम्पूर्ण मिहिनेती र इमानदार सहकर्मी, व्यवस्थापन समिति, अभिभावक र शुभचिन्तकलाई दिन चाहन्छु ।’

सम्बन्धित समाचार

1 Comment for “कुस्माको नमुना बन्यो प्रदेशकै उत्कृष्ठ नीजि विद्यालय”

  1. bamdev

    Congratulations, नमुना मा बि र त्यहाँ काम गर्ने सबै शिक्षक कर्मचारी साथीहरु

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’