हलिउड/बलिउड

कृष्ण अखेलीको नयाँ गीत घर कता ? चिने झैँ लायो, खै यता फर्क त बजारमा

पर्वत /: ‘भिर्नी झोलामा’, ‘मोदीको पानी’, ‘अगेनीमा दाउरा’, ‘भाडा तिरम्ला’ लगायतका सफल गीतहरु पस्किएका लोक तथा दोहोरी गायक कृष्ण अखेलीको ‘घर कता’ गीत सार्वजनिक भएको छ। ‘भिर्नी झोलामा’ जस्तै ‘डान्सीङ नम्बर’ का रुपमा बजारमा आएको गीत गाउँघरमा सुन्न सकिने मौलिक शब्द र मौलिक लयमा आधारित देखिएको छ। तर गीतमा प्रयोग भएको म्यूजिक र आवाजका कारण […]


किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या ?

काठमाडौं, २५ असार । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुण्डिएको अवस्थामा […]


अभिनेता अमिताभ र अभिषेकलाई कोरोना संक्रमण

काठमाडौं, २७ असार । बलिउडमा बिग बीको उपनामले परिचित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवं अभिनेता अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ। महानायक अमिताभले आफैले ट्विट गरेर कोरोना भाइरस संक्रमित भएको पुष्टी गरेका छन् भने महाराष्ट्रका गृहमन्त्री अशोक चब्हाणले अभिताभका छोरा अभिषेक बच्चन पनि कोरोना भाइरस संक्रमित भएको जानकारी दिएका छन् । बच्चन बाबु […]


बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं, बैशाख १८/ भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ। उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता अमिताभ बच्चनले पनि ट्विटमार्फत ऋषि कपुरकाे निधन भएकाे जानकारी दिँदै दु :ख व्यक्त […]


सनी लियोनी काठमाडौंमा

काठमाडौं। बलिउड अभिनेत्री सनी लियोनी यतीबेला काठमाडौंमा छिन् । उनी बिहीबार दिउँसो मुम्बईबाट काठमाडौं आएकी हुन् । सनी लियोनीले आइटम डान्स तथा अभिनय गरेको चलचित्र ‘पासवार्ड’ आज शुक्रबारबाट मुलुकका ६ दर्जन सिनेमा हलमा रिलिज हुँदै छ । चलचित्र पासवर्डको बिहीबार बेलुका काठमाडौंको कमलपोखरीस्थित क्यूएफएक्स कुमारी हलमा प्रिमियर सो राखिएको थियो । ६ः३० मा राखिएको प्रिमियर […]


रातरात हिट भएकी रानु जसलाई लता मंगेश्करसँग तुलना गरिँदै छ

काठमाडौं /भाग्य कतिखेर बदलिन्छ भन्न सकिन्न। तर जब बदलिन्छ त्यो हामीले सोचेभन्दा निकै भिन्न भइदिन्छ। कतिपय अवस्थामा त त्यो सपना हो कि विपना छुट्याउनै सकिँदैन। भारतको पश्चिम बंगालको रानाघाट स्टेशनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल यी दिनहरुमा यस्तै अनुभूति गर्दै छिन्। उनले गाएको ‘एक प्यारका नगमा है, मौजों कि रवानी है’बोलको गीत युट्युबमा भाइरल भएको […]


मृत्युको छायाँबाट फर्केर सिनेमा खेल्न लागेका इरफानको त्यो पत्र

बलिउड अभिनेता इरफान खान क्यान्सरको उपचारका लागि लण्डनमा रहँदा एउटा भावुक पत्र लेखेका थिए ‘मलाई पहिलोपटक स्वतन्त्रता भन्ने शब्दको बोध भएको छ, लाग्दै छ अनिश्चिता नै जीवनमा निश्चित रहेछ ।’ न्युरोएन्डोक्राइन क्यान्सरबाट ग्रसित भएपछि लोकप्रिय अभिनेता इरफान आफ्नो जीवनसँग आफै निश्चित थिएनन् । तर, अब निश्चित भएको छ कि इरफान खान सब ठिकठाक भएका छन् […]


श्रोताको रोजाई बन्दै इन्दिराको ‘ढुकढुकी’

पर्वत /सुगम संगीत तथा आधुनिक गायनमा पछिल्लो समय जम्दै गएकी इन्दिरा भट्टराईको स्वरमा रहेको ‘ढुकढुकी’ बोलको गीत लोकिप्रय बन्दै गएको छ । केही समय पहिले बजारमा आएको गीतले धेरै श्रोताको मन जित्दै ‘ढुकढुकी’ मा बस्न सफल भएको हो । प्रेमको मिठो कल्पना र बिछोडका पिडा समेटिएको गीत युटुबमा समेत धेरै हेरिन थालेको छ भने बिभिन्न अवार्ड […]


सलमान खानलाई ५ वर्ष जेल सजाय

काठमाडौँ । करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय हुने भएको छ। सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो। सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको […]


नेकपाको धम्कीपछि सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौँ/ बलिउडका चर्चित अभिनेता सलमान खानको उपस्थितिमा काठमाडाँमा हुन लागेको दब्याङ्ग टुर तत्कालका लागि स्थगित भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको यो कार्यक्रम तत्काललाई स्थगित गरेको हो । ‘तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल नआउने भएका छन्, त्यहीकारण दब्याङ्ग […]