कुस्माको पिपलटारीमा एमालेका बागी उमेदवार लामिछानेले पछि हटे, एमालेकै उमेदवारलाई मतदान गर्न आग्रह

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारीमा एमालेका बागी उमेदवार कृष्णप्रसाद लामिछानेले उमेदबारबाट फिर्ता भएको घोषणा गरेका छन ।
लामिछानेले आइतबार बिज्ञप्ती प्रकाशित गर्दै आफ्नो उमेदवारी कायम नभएको घोषणा गरेका हुन ।
वडा अध्यक्ष पदमा दाबेदार रहेका लामिछानेले उमेदवारी नपाएपछि उमेदवार चयन प्रति असन्तुष्टि जनाएका थिए । नेकपा(एमाले)को पर्वतकै सबैभन्दा बलियो आधार क्षेत्र रहेको पिपलटारीमा लामो समय पार्टी नेतृत्व गरेका लामिछाने बागी उमेदवार बनेपछि त्यसले ठुलो हलचल ल्याएको थियो । पार्टीका नेताहरुको आग्रह र पार्टी प्रतिको इमान्दारिता तथा जवाफदेहिता महसुस गरेर उमेदवारीबाट पछि हटेको लामिछानेले न्युज डबलीलाई बताए । उहाँले आफ्नो समर्थन एमालेका उमेदवारहरुलाई रहने पनि स्पष्ट पारेका छन । उनले सबैलाई एमालेका उमेदवारलाई मत दिन पनि आग्रह गरेका छन । कुस्मा नगरपालिकामा एमालेबाट उमेदवार बनेका गणेश शर्मा पौडेल पनि सोही वडाका बासिन्दा हुन । लामिछानेको उमेदवारीले पौडेललाई पनि अप्ठेरो पार्ने अनुमान भएको बेला लामिछाने उमेदवारीबाट पछि हटेपछि एमालेका नेता कार्यकर्ता भने उत्साहित भएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’