एसिड छ्याप्छु भन्दै प्रांक भिडियो बनाउने युटुबर कावासोतीबाट पक्राउ

पूर्वी नवलपरासी/ सडकमा हिँडिरहेकी एक महिलालाई एसिड प्रहार गर्ने धम्की दिँदै गरगहना र नगद लुटेको प्रांक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीबाट ती युवकलाई पक्राउ गरेको हो । बाटोमा हिँडिरहेका महिलासँग भएको मोबाइल, पैसा माग्ने नत्र एसिड छ्याप्छु भन्दै धम्क्याएर भिडियो बनाउने ‘बदमास केटा’ नामक युट्युब च्यानल संचालक पूर्णचन्द्र भुसाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
भुसालले यही साता एक महिलालाई धम्क्याएर पैसा र गहना माग्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा पनि उक्त भिडियो व्यापक रुपमा सेयर भएपछि प्रहरीले चासो देखाएको हो ।

पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय भुसाललाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा