महिला बालबालिका

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्। उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप […]


जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वत : पर्वत अस्पतालको ओ.पि.डी (आउटप्यासेन्ट डिपार्टमेन्ट) मा स्वास्थ्य परीक्षणका लागि आउने महिला बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’ को सुविधा दिइने भएको छ। भर्ना भएर बसेका बिरामी तथा उनीहरूका कुरुवाले आफूलाई आवश्यक सामग्रीको व्यवस्थापन आफैले गर्ने भए पनि ओ.पि.डी. मा आएका महिलाले ‘प्याड’ बोकेर नआउने र अचानक महिनावारी हुँदा समस्या हुने भएकाले यो व्यवस्था गर्न लागिएको […]


एकल महिलालाई नेतृत्व विकास तालिम

पर्वत/पर्वतको कुश्मामा एकल महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी तालिम शुरु भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र मानव अधिकारको लागि महिला एकल महिला समुहको समन्वयमा दुई दिने तालिम शुरु भएको हो । कुश्मा नगरपालिकाका उपप्रमुख स्वास्थानी रिजालले तालिमको उदघाटन गर्नुभयो । तालिम उदघाटन गर्दै रिजालले महिलाहरु अधिकारका क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । […]


कुश्मा नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा चलाउने

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले निजामती क्षेत्रमा प्रवेश गर्न चाहने सीमित क्षेत्रका महिलाका लागि लोक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक र सामाजिक रूपमा विपन्न महिलाहरूका लागि आव ०७९/८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागिएको कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए। राजपत्र अनङ्कित द्वितिय श्रेणी खरिदार […]


पर्वतको लेकफाँटकी महिला दुई वर्षीया छोरी छाडेर एक महिनादेखि सम्पर्कविहीन

पर्वत / जलजला गाउँपालिका–५ लेकफाँटकी २० वर्षीया एक महिला एक महिनादेखि बेपत्ता छिन्। गत साउन ६ गते दुई वर्षीया छोरीलाई घरमा नै छोडेर सम्पर्कविहीन रहेकी सुजता खड्का जिसी सम्पर्कमा नआएकी हुन्। जलजला गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ। […]


दुई शिक्षकले एक वर्षदेखि १५ छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएको खुलासा

बागलुङ /विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् । ०७६ देखि यो विद्यालयमा पढाउँदै आएका दुवै शिक्षकले पटकपटक माथिल्लो कक्षाका बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत शनिबार बिहान […]


१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

इलाम । इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् । सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन् । स्थानीय युवासँग […]


वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

पर्वत/वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव पारेको छ । तर पनि यसको नकारात्मक पाटोका रूपमा सम्बन्धविच्छेदका घटना पनि बढेको देखाएको छ । जसले गर्दा बालबालिका अलपत्र पर्ने क्रम पनि बढ्दै गएको छ । एक छोरा, एक छोरी र श्रीमतीलाई घरमा छोडेर पर्वतको पैयुँ–५ का गोरखबहादुर (नाम परिवर्तन) मलेसिया उडे । उनलाई बिदाइ गर्न श्रीमती पनि साथमै […]


महिलाको पहेँलो र हरियो रङ्गको मोह

-सिर्जना बराल असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि सौन्दर्य सामाग्रीका पसलहरुमा साउन महिना हरियो पँहेलो र लगत्तै आउने तिजका लागि रातो, श्रृंगारको समानहरुको निकै व्यापार हुने गरेको छ । मानिस अहिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हजार वर्ष पुगेको […]


अरिंगालले चिलेर बाबुको मृत्युपछि बिचल्लीमा परेका बालबालिकालाई सहयोग

पर्वत/अरिंगालले चिलेर बाबुको मृत्युपछि बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका १ पाडका ६ जना बालबालिकालाई कुस्मा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कुस्मानगरपालिका १ पाङ नुवारका ३५ बर्षिय श्रीराम परियारको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकालाई कुस्मा नगरपालिकाले २५ हजार रुपैया आर्थिक सहयोग गरेको हो । पिडीत परिवारलाई घरमा नै पुगेर कुस्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले नगरपालिकाको […]