पर्वतको कुस्माबजारका मुख्यचोकमा सिसी क्यामरा– चार बर्ष अघि देखि बन्द सिसी क्यामरा फेरी सञ्चालनमा

पर्वत, असोज २७ / पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारको सुरक्षा संबेदनशिल क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ।
चार बर्ष अघि देखि बिग्रेका क्यामरा मर्मत गरि सिसिटिभी सञ्चालनमा ल्याइएको हो ।
कुस्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामरा मर्मत गरि सञ्चालनमा ल्याएका हुन । कुस्मामा २० वटा संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक बिश्व अधिकारीले बताउनुभयो । ‘सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामरा जडान गरिएको छ ।’ उहाँले भन्नुभयो ‘चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पु¥याउने छ ।’
कुस्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्प लगायतका ठाउँमा क्यामरा जडान गरिएको छ । यस अघि राखिएका मध्ये ५ वटा क्यामरा मर्मत गरि पूनः सञ्चालन गरिएको छ भने १५ वटा क्यामरा कुस्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिएपनि बजार क्षेत्रलाई केन्द्रित गरेर ब्यबसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताउनुभयो ।
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरी संगको सहकार्यमा सिसिटभी क्यामरा मर्मत गरि पून ः सञ्चालन गरिएको बताउनुभयो । क्यामरा पूनः सञ्चालनका लागि नगरपालिकाले ५ लाख सहयोग गरेको छ । ‘अपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रबिधी सबैभन्दा उपयोगी छ।’ उहाँले भन्नुभयो‘जनशक्ति समेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठुलो सहयोग पुग्छ।’
कुस्माबजारमा धिरज कम्प्युटर नेटवर्कले सञ्चालन गरेको नेटको नेटवर्कलाई प्रयोग गरि क्यामरा जडान गरिएका कारण तारका लागि छुट्टै खर्च गर्नु परेको छैन ।
यसअघि २०७२ सालमा धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको पर्वतको डिमुवा देखि पर्वतको सदरमुकाम कुस्मा बजार र वारीबेनीमा समेत क्यमरा जडान गरिएको थियो । सबै क्षेत्रमा गरी ३५ वटा क्यामरा जडान गरिएको थियो । सिसी क्यामरा जडान गर्नका लागि पर्वत उद्योग बाणिज्य संघको संस्थागत पहल तथा जिल्ला बिकास समिति र कुस्मा नगरपालिकाले समेत सहयोग पु¥याएका थिए । त्यसका लागि २२ लाख भन्दा बढी खर्च गरेको थियो । तर मर्मतको अभाबमा एक बर्षपछि नै सबै क्यामराहरु बिग्रेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’