कविता-सुन्यतामा हराए जस्तो
-स्मृति पौडेल
लाग्छ आफैंले बाँचेको जीवन
कतै सुन्यतामा हराए जस्तो
हिड्दै गर्दा गन्तव्य बिर्सिए जस्तो
बोल्दा बोल्दै भक्कानिएर
कतै भागु जस्तो
सोचे झै कहाँ छ र सहज
नचाहेको मलिन हासो
जति कठोर बनाउन खोज्यो
झन बर्सिरहने त्यो गर्जन
भिजेका पतझर झै
कठिन यो यात्रा।।
आत्मियता हराए सगै
भासिएका सम्बन्ध हरु
कहिले टेकेको जमिन भासिन्छ
ओडेको आकासको शिरेटो
अनि सगै आएका भेलले
कहि कतै बगाईदिन्छ
बिर्सन खोजेका तिता
बिगतका काँडाहरुले
नमिठोसग धोचिरहदा
टिलपिल टिलपिल भरिन्छन
नयनहरु।।
यसरी सुन्यतामा बिलाएको मन
अन्तत शान्ति को खोजमा
हराउछ,
न कसैका रोदन ले रोक्छ
न कुनै पिडाले दुख्छ।
पोखरा