कृष्ण अखेलीको नयाँ गीत घर कता ? चिने झैँ लायो, खै यता फर्क त बजारमा


पर्वत /: ‘भिर्नी झोलामा’, ‘मोदीको पानी’, ‘अगेनीमा दाउरा’, ‘भाडा तिरम्ला’ लगायतका सफल गीतहरु पस्किएका लोक तथा दोहोरी गायक कृष्ण अखेलीको ‘घर कता’ गीत सार्वजनिक भएको छ।
‘भिर्नी झोलामा’ जस्तै ‘डान्सीङ नम्बर’ का रुपमा बजारमा आएको गीत गाउँघरमा सुन्न सकिने मौलिक शब्द र मौलिक लयमा आधारित देखिएको छ। तर गीतमा प्रयोग भएको म्यूजिक र आवाजका कारण गीत युटुवमा सार्वजनिक हुनु पहिले नै ‘टीकटकर’ हरुको रोजाईमा परेको छ। पछिल्लो समय ‘टिकटकर’ लाई छुन सकिने गीत निर्माण हुने क्रम बढीरहेको बेला ‘घर कता’ पनि ‘टिकटकर’ का लागि राम्रो खजाना बनेको छ।
शिव अखेलीको शब्द र लय रहेको गीतमा कृष्ण अखेली र नवीना सुवेदीले स्वर भरेका छन्। कृष्ण अखेलीकै युटव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोमा अहिले रोजाईमा परेका कलाकारहरु लोमश शर्मा र अस्मिता रणपालको नृत्य रहेको छ।
म्यूजिक भिडियोको निर्देशन कुमार के.सी ले गरेका छन भने नृत्य निर्देशन प्रशान्त मगरको रहेको छ। म्यूजिक भिडियो अजय रेग्मीले खिचेका हुन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ