बिज्ञान-प्रबिधि

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो

news_24npllite ले टिकटकमा अप्लोड गरेको भिडियोको स्क्रीनसट केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ । यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने अनमान गरिएको छ । यसै सन्दर्भमा भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल […]


भारतमा नेपाली राजदूतको फोन पनि जासुसीको सूचीमा

काठमाडौँ, साउन ५/भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यको फोन पनि जासुसीका लागि लक्षित समूहमा परेको छ। पेगासस स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको एक फ्रान्सेली पत्रिकाले जनाएको छ। ‘इमरान खान (पाकिस्तानका प्रधानमन्त्री) र उनका राजदूतहरू सम्भावना लक्षित सूचीमा छन्। त्यसका साथै दिल्लीस्थित अफगानिस्तान, चीन, नेपाल, साउदी अरबसहितका राजदूत तथा कूटनीतिज्ञ […]


४ सय वर्षपछि पुष ६ मा वृहस्पति र शनि एकैठाउँ देखिने

काठमाडौं/ यस वर्षको डिसेम्बर २१ अर्थात पुस ६ गते उत्तरी गोलार्धमा लामो रात र दक्षिणी गोलार्धमा लामो दिन मात्रै होइन करिब चार सय वर्षपछि एउटा दुर्लभ खगोलीय घटना पनि हुने भएको छ। त्यस रात हामीले दक्षिण पश्चिम दिशामा हेर्दा वृहस्पति र शनि ग्रह जोडिएको देख्ने छौँ। पृथ्वीबाट वृहस्पति र शनि त्यति नजिक ३ सय ९७ […]


मनमोहन प्राविधिक विश्वविद्यालयमा स्नातकमा पानीजहाज र रेल्वे इन्जिनियरिङ पढाउने तयारी

विराटनगर, ४ मंसिर । प्रदेश–१ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि अध्ययन–अध्यापन सुरु हुने भएको छ । स्नातकमा पानीजहाज र रेल्वे इन्जिनियरिङको पढाइ गर्ने तयारी थालिएको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई स्तरोन्नति गरी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय बनाएको हो । देशको पहिलो प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्र ०७८–७९ देखि स्नातक तहमा […]


पर्वतको कुस्माबजारका मुख्यचोकमा सिसी क्यामरा– चार बर्ष अघि देखि बन्द सिसी क्यामरा फेरी सञ्चालनमा

पर्वत, असोज २७ / पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारको सुरक्षा संबेदनशिल क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। चार बर्ष अघि देखि बिग्रेका क्यामरा मर्मत गरि सिसिटिभी सञ्चालनमा ल्याइएको हो । कुस्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामरा मर्मत गरि सञ्चालनमा ल्याएका हुन । कुस्मामा २० वटा संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख […]


सिन्धुपाल्चोक केन्द्र बिन्दु भएको ६ रेक्टरको भूकम्प-‘भूकम्प गोरखा भूकम्पकै परकम्प’

काठमाडौं, भदौ ३१ / भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ। बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरेका छन्। ‘बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे […]


आज खण्डग्रास सूर्यग्रहण लाग्दै , के गर्न हुन्छ के के गर्न हुदैन ?

काठमाडौं, असार ७/ आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी […]


सस्तैमा पाइने औषधिले कोरोना उपचार हुनसक्ने निष्कर्ष, विज्ञहरु भन्छन्– यो ठूलो उपलब्धी

काठमाडौं, असार २/ कोरोनाबाट सिकिस्त बिरामीको ज्यान बचाउन सक्ने सस्तो र सर्वत्र उपलब्ध हुनसक्ने औषधि पत्तालागेको छ। न्यून मात्रामा दिइने डेक्सामेथासोनलाई बेलायतका विशेषज्ञहरुले कोरोना उपचारमा ठूलो उपलब्धी भएकाे बताएका छन्। यसले भेन्टिलेटरमा रहेका बिरामीमध्ये एक तिहाईको मृत्यु जोखिम कम गर्ने र अक्सिजन लिइरहेका बिरामीमा पाँचमध्ये एक जनाको जोखिम कम गर्ने बताइएको छ। बेलायतले कोरोना महामारी […]


कुश्मा नगरपालिकाको आयोजनामा शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने तालीम शुरु

पर्वत । शैक्षिक सुचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने (आइईएमआईएस) तालीम आइतवारदेखि कुश्मामा सुरु गरेको छ । तालीमको कुश्मा नगरपाकिलाका उपप्रमुख सीता काफ्ले लामिछानेले उद्घाटन गरिन । तालीम उद्घाटनपछि बोल्दै उपप्रमुख लामिछानेले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगर शिक्षा शाखा, […]


चीनबाट फर्केका बिद्यार्थी भन्छन-अब हाम्रो भोट नेकपालाई

डा. प्रिन्स रौनियार/हुवे प्रान्तभरिबाट वुहानका वुवादामा जम्मा भएका १८१ जना भेला भएपछि इमिग्रेसनसम्मको ५ वटा स्वास्थ परीक्षण पार गरेर १ सय ७५ जना नेपालबाट आएको विमान चढ्न वेटिङ रुमसम्म पुग्दा थकित देखिन्थे । तर, यो थकाइका दृष्य तुरुन्तै हर्षमा परिणत भयो । कारण थियो, नेपाल वायुसेवाको विमान टर्मिनलमा हाम्रो प्रतीक्षा गरिरहेको दृष्य । आफनो देशको […]