देश

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालयका विद्यार्थीहरू आइतबार छक्क परे। प्रहरीको पोसाकमा सजिएका व्यक्तिहरू विद्यालयमा प्रवेश गर्दा उनीहरूलाई डर पनि लाग्यो। सामान्यतः अपराध भएको स्थानमा पुग्ने गरेका प्रहरीलाई विद्यालयमा देखेपछि विद्यार्थीहरू डर नलागोस् पनि कसरी? उनीहरूको डर त त्यतीबेला भाग्यो जति बेला ट्राफिक प्रहरीले कहीँ कतै दुर्घटना भएमा, सवारी सञ्चालकबाट यात्रु […]


प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

पर्वत : सरकारसँग विगतमा पटक पटक सम्झौता हुँदा माग पूरा गर्ने आश्वासन दिए पनि सरकारले माग पूरा नगरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू फेरि आन्दोलित भएका छन् गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा आफूहरूको मागको केही न केही सुनुवाइ हुने बसेको भए पनि सरकारले उनीहरूको मागको सम्बोधन नगरेपछि आन्दोलन फेरि सुरु भएको […]


बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–४ घर भई हाल काठमाडौँमा बस्दै आएका निर्मल श्रेष्ठले आफ्ना बाबु र आमाको स्मृतिमा पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्। बुबा आमा नरबहादुर श्रेष्ठ र पद्माकुमारी श्रेष्ठको स्मृतिमा अस्पतालले स्थापना गरेको ‘पर्वत अस्पताल गरिब, असहायलक्षित विपद् कोष’ मा ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन्। निर्मलका दाजुहरू गोविन्द प्रसाद श्रेष्ठ, […]


दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्। उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप […]


नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

पर्वत : अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० भित्रै अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने प्रावधान छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि स्थानीय तहहरूले आआफ्ना तयारीहरू थालिरहेका छन्। स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट वक्तव्य तयार पार्ने बेलामा स्थानीय तहका लागि उपयुक्त हुने गरी निर्माण गर्न नागरिकसँग छलफल […]


कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

पर्वत/ पर्वतको कुश्मा नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धि तालिमको समापन गरिएको छ । न्यायिक समिति मातहत रहने गरि १४ वटै वडाबाट छनौट भएर आएका ३० जना मेलमिलापकर्ता सहभागी हुनुभएको छ । चैत ३ देखि उक्त तालिम शुरु भएको थियो । वडाका साना विवाद वडामै मिलाउने गरि न्यायिक समिती अन्तरगत मेलमिलापकर्ताले काम गर्नेछन । तालिमको समापन […]


विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा

पर्वत /पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय २०७५ सालमा गाभिने तयारीमा थियो। विद्यार्थी अभावमा शिक्षक कामविहीन बनेपछि फलेवास नगरपालिकाले विद्यालय ‘मर्ज’ को तयारी गरेको थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षक र समुदायमा यसरी ऊर्जा दियो की उनीहरू सबैको मनमा विद्यालय बनाउने जोश आयो। सबै लागेपछि नगरपालिकाले पनि विद्यालय सुधारको एक मौका […]


२०२५ सालको एसएलसीको सम्झना गर्दै विद्यालयमा अक्षयकोष

पर्वत/ पर्वत सदरमुकाम कुश्मा बजारका समाजसेवी पुरुषोत्तम गिरीले स्वर्गीय बुबाको स्मृतिमा कुश्माकै एक विद्यालयमा अढाई लाख राशिको अक्षयकोष स्थापना गरेका छन्। २०२५ सालमा विद्यालयले एस.एल.सी.को पहिलो ‘ब्याच’ निस्किएको र त्यो ‘ब्याच’ को सदस्य आफू पनि रहेको सम्झनामा बुबा लक्षुमन गिरीको नाममा पुरुषोत्तमले दुई लाख ५१ हजार राशिको अक्षयकोष स्थापना गरेका हुन्। आफू शिक्षा क्षेत्रको विषयमा […]


कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्ने

काठमाडौ‌ं /कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो । संस्थापक […]


नारायणमाबि ब्यबस्थापन समितिको अध्यक्षमा शर्मा

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा विद्यालयको व्यवस्थापनका लागि नयाँ कार्यसमिति गठन भएको छ । गत वैशाख २३ गते डाकिएको अभिभावक भेलाले आफूहरुमध्येबाट चार जनाको नाम टुङ्गो लगाएको थियो । भेलाले कृष्णप्रसाद शर्मा, पुष्कल शर्मा, स्वइच्छा आचार्य र सविता परियारलाई व्यवस्थापन समितिमा पठाउने भनी निर्णय गरेको थियो । शिक्षा ऐन, २०२८ […]