सुनभन्दा मुल्यवान चिया, एक कपकै १२ लाख !

एक कप चियाको मुल्य कति पर्ला ? १० रुपैयाँदेखि बढीमा २ सयसम्म पर्न सक्छ । स्थान र गुणस्तर अनुसार चियाको मुल्य फरक फरक हुन्छ । तर विश्वको सबैभन्दा महंगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मुल्य लाखौं पर्दछ भन्दा पत्याउनु हुन्छ ?

नेपालमा चियाका पारखिको कमी छैन । प्रायजसो सबै मानिस चिया पिउने गर्दछन् । अझ कतिपयको त बिहानीको शुरुवात नै चियाको घुट्कीबाट शुरु हुन्छ । तर विश्वको सबैभन्दा महंगो चिया ‘द होंग पाओ’ चाहिँ दैनिक पिउन सम्भव नहोला । किनभने यसको मुल्य लाखौँ पर्दछ ।

‘द होंग पाओ’ नामक चियाको मुल्य सुनको मुल्य भन्दा कैयौं गुणा बढी छ । चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ । विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो । यस चियाको एक घुट्कीका लागि करीब १२ लाख तिर्नु पर्दछ ।

सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरीद गर्न २८ हजार डलर तिरेका थिए । अहिले यसको एक ग्रामको मुल्य मात्र १४ सय डलर पर्दछ । अझ एक प्यालामा यसलाई पिउने भए १० हजार डलर भन्दा बढि पर्ने गर्दछ । जसको नेपाली रुपैयाँ करिब १२ लाख पर्दछ ।

‘द होंग पाओ’ चिया यति धेरै महंगो हुनुमा यो चिया बन्ने बिरुवा हो । किनभने यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन । यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मुल्य लाखौं परेको हो । यो चिया बन्ने बिरुवा सन् २००५ मा समाप्त भएको बताइन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’