शिक्षा/स्वास्थ्य

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा

पर्वत /पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय २०७५ सालमा गाभिने तयारीमा थियो। विद्यार्थी अभावमा शिक्षक कामविहीन बनेपछि फलेवास नगरपालिकाले विद्यालय ‘मर्ज’ को तयारी गरेको थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षक र समुदायमा यसरी ऊर्जा दियो की उनीहरू सबैको मनमा विद्यालय बनाउने जोश आयो। सबै लागेपछि नगरपालिकाले पनि विद्यालय सुधारको एक मौका […]


२०२५ सालको एसएलसीको सम्झना गर्दै विद्यालयमा अक्षयकोष

पर्वत/ पर्वत सदरमुकाम कुश्मा बजारका समाजसेवी पुरुषोत्तम गिरीले स्वर्गीय बुबाको स्मृतिमा कुश्माकै एक विद्यालयमा अढाई लाख राशिको अक्षयकोष स्थापना गरेका छन्। २०२५ सालमा विद्यालयले एस.एल.सी.को पहिलो ‘ब्याच’ निस्किएको र त्यो ‘ब्याच’ को सदस्य आफू पनि रहेको सम्झनामा बुबा लक्षुमन गिरीको नाममा पुरुषोत्तमले दुई लाख ५१ हजार राशिको अक्षयकोष स्थापना गरेका हुन्। आफू शिक्षा क्षेत्रको विषयमा […]


फलेबास नगर अस्पताल तीन बर्ष देखि शिलन्यासमै सिमित

पर्वत : ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ। तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले नगर अस्पतालको भवन शिलान्यास गरेका थिए। अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन्। घडेरी सम्याउन समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति […]


पर्वत अस्पतालमा आकस्मिक सेवामा ७१० प्रतिशत बिरामी बढे

पर्वत /जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ। अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा प्रवाह गरिएका सेवाका तथ्यांकले यो देखाएको थियो। पछिल्ला तीन वर्षमा सबैभन्दा बढी चाप आकस्मिक सेवामा […]


जनशक्ति अभावले थन्किए भेन्टिलेटर, गम्भीर अवस्थामा पोखरा दौडन बाध्य धवलागिरिवासी

पर्वत / साविकको धौलागिरि अञ्चलका चार जिल्लामध्ये पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दालाई तीन वर्षअघि पर्वत अस्पतालमा ‘भेन्टिलेटर’ को सुविधा पनि शुरु हुने भयो भन्ने खबर सुन्दा खुसी मिलेको थियो। आईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा यी जिल्लाका बासिन्दा पोखरा जानुपर्ने बाध्यता छ। पोखरा जानका लागि पर्वत सदरमुकाम कुश्मा बजार हुँदै जानुपर्छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत शिवालचोकबाट […]


समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

पर्वत /ब्लड क्यान्सरबाट पिडित बिरामीलाई उपचारमा सहयोग पुर्‍याउन हङकङमा संकलन गरिएको ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । काठमाण्डौ महानगरपालिका वडा नं २४ बल्खुकी ५७ बर्षिया ब्लड क्यान्सर पिडीत शान्तालक्ष्मी बस्न्यातलाई हङकङमा संकलन गरिएको ३ लाख ६ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । पर्वत मञ्चका अन्तराष्ट्रिय सल्लाहकार तथा आर्थर डाडाँखर्क सहयोग समिति […]


पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वत : पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ । पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक विद्यालयबाट रक्त समूह पहिचान अभियान थालेको हो । समाजले कुश्मा–१० भित्र रहेका ६ वटा सामुदायिक विद्यालयको रक्त […]


स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

काठमाडौं । स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो । आम नेपालीहरूको स्वास्थ्य सेवालाई […]


फलेबासमा स्वास्थ्य शिबिर, पहिलो दिनमा नै एक हजार बढीको निशुल्क स्वास्थ्य परिक्षण

पर्वत/ जैमुनी नगरपालिका–६ जैदीकी रिता थापा हात खुट्टा तथा ढाड दुख्ने समस्याले ग्रसित थिईन । उनलाई हिँड्न डुल्न तथा उठ्न बस्न समेत गाह्रो हुँदै गएको थियो । विगत ३ बर्षदेखि उक्त समस्याले ग्रसित थापा आर्थिक अभाव र घरायसी समस्या कारण रोगलाई दबाएर बस्न बाध्य थिईन । उपचारका लागि गाउँका स्वास्थ्य क्लिनिकहरुले पोखरा वा काठमाडौँ जान […]


अन्तराष्ट्रिय पर्वत समाजको पर्वतका तीन पालिकामा स्वास्थ्य र शिक्षामा सहयोग

दुबई/प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले पर्वतका तीन वटा पालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेको छ । समाजले पर्वतको जलजला, पैंयु र फलेबास नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरेको हो । समाजले तीन बर्ष अघि घोषणा गरे अनुसार दुबई भेलाको अवसरमा पालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । तीन वटै पालिकालाई ८ […]