पर्वतको ठुलीपोखरीमा अनेरास्वबियुको सरसफाई अभियान

पर्वत/नेकपा(एमाले) निकट अनेरास्वबियुका बिद्यार्थीहरुले सृजनात्मक कामको थालनी गर्न गरेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १२ ठुलिपोखरी स्थित जनता सुदर्शन माबिमा अध्ययनरत अनेरास्ववियुका बिधार्थीहरुको नेतृत्वमा आज स्कुल शुक्रबार बिद्यालयमा सरसफाई कार्यक्रम सञ्चालन भएको हो ।
अनेरास्वबियु जनता सुर्दशन माबि प्रारम्भिक कमिटीको आयोजनामा बिद्यालय तथा त्यस क्षेत्रको गहनाको रुपमा रहेको ठुलीपोखरीको सरसफाई गरिएको छ । जनता सुर्दशन माबिमा केही दिन पहिले नानुमाया सुनारको नेतृत्वमा अनेरास्वबियुको ४१ सदस्यीय प्रारम्भिक कमिटी गठन भएको थियो ।


यस्तै अनेरास्वबियुले कुश्मा नगरपालिका–११ पकुवा स्थित विरेन्द्र माध्यमिक बिधालयमा कक्षा १ देखी ५ सम्मका सम्पुर्ण बिधार्थीलाई कापी,कलम र पेन्सिल वितरण गरेको थियो । अनेरास्वबियुका केन्द्रिय सदस्य शेखर पौडेलले बिधालयका प्रअ नरनाथ रिमाललाई स्यानिटाईजर र मार्कर ईन्क पनि उपलब्ध गराउनुभएको थियो । बिरेन्द्र माबिमा हालै दिपिन सुनारको अध्यक्षतामा ३१ सदस्सीय अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’