पर्वतको मोदीमा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण : सुत्केरीलाई निशुल्क एम्बुलेन्स प्रदान गर्ने घोषणा

पर्वत ।पर्वतको   मोदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेलगतै पालिका अध्यक्ष हिरादेवी शर्माले उपाध्यक्ष बिमल लामिछाने सहित नगर सभाका सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण लगतै अध्यक्ष शर्मा र उपाध्यक्ष लामिछानेले पदभार ग्रहण गरेका छन् ।

पदभार गरैसंगै गाउँपालिकाले आगामी दिनमा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको छ । अध्यक्ष शर्माले महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर हुने परिवारले समयमा उपचार पाउन नसक्ने भन्दै यस्तो सहयोग कार्यक्रमको घोषणा गरेको बताईन् ।

उपाध्यक्ष लामिछानेले स्थानीय सरकार जनताको पहिलो सरकार भएकाले जनताको आधारभूत आवश्यकताहरु पुरा गर्नका लागि पनि गाउँपालिकाले यस्तो घोषणा गरेको बताए ।

गाउँपालिका भित्रका विपन्न तथा गरिब जनताले यस्तो सुविधाबाट प्रत्यक्ष लाभ लिन पाउने भन्दै वर्तमान गाउँपालिका गरिब, निमुखा र विपन्न परिवारको हित र भलोको लागि सधै तत्पर रहेको उपाध्यक्ष लामिछानले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’