दशैमा प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका सहितका शक्तिपिठहरुमा ‘निशेधाज्ञा’

फाइल फोटो- बागलुङ कालिकामा नवरात्रमा लाग्ने भीड

बागलुङ/दशैमा प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका सहितका शक्तिपिठहरुमा ‘निशेधाज्ञा’ जिल्ला प्रशसन कार्यालय बागलुङले शुक्रबार रातीदेखी प्रवेश निषेध गरेको छ ।

शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी निशेधाज्ञा जारी गरिएको हो ।


निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले महामारीलाई ध्यानमा राख्दै शक्तिपिठहरुमा हुनसक्ने भीडभाड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । सबै शक्तिपिठमा नियमित पुजाबाहेक सर्वसाधारणको प्रवेशमा रोक लगाईएको छ ।
शनिबारबाट नवदुर्गा सुरु हुँदैछ । नव दुर्गाको पुर्वसन्ध्यामा सम्भावित भीडलाई लक्षित गरेर प्रशासनले रोक लगाएको हो । निशेधाज्ञा कार्तिक ९ गते राती १२ बजेसम्म जारी रहने विज्ञप्तीमा उल्लेख छ ।
भेला, बैठक, धार्मिक कार्य महोत्सवलगायतका भीड हुने क्रियाकलाप र विद्यालय, क्याम्पस, तालिम, सेमिनार, खेलकुदलगायतका क्षेत्रमा समेत रोक लगाईएको छ । त्यस्तै, जिल्लाका ८५ वडामा अनुगमन समिति गठन गरेर दशैंको समयमा बाहिरबाट आउनेहरुको अनुगमन र निगरानी गर्न जिम्मेवारी दिईने समेत बैठकले निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’