महाशिलामा नेकपाका युबा र बिद्यार्थीद्वारा ५१ परिवारलाई राहत बितरण

पर्वत / पर्वतको महाशिला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युबा संघ नेपाल अनेरास्वबियुले बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ ।
मुलुक लक डाउनमा रहेको बेला बिपन्न र दैनिक ज्याला मज्दुरी गरेर परिवारलाई दैनिक हातमुख जोड्न समस्या नहोस भनेर युवा बिद्यार्थी संगठनले खाद्यान्न बितरण गरेका हुन ।
महाशिलाको वडा नं ५ का ५१ घर धुरीलाई राहत बितरण गरेको छ । चामल, नुन, तेल र हात धुनका लागि साबुन बितरण गरिएको राष्ट्रिय युवा संघका जिल्ला नेता बिराज हमालले जानकारी दिनुभयो ।
दैनिक रुपमा काम गरेर खाने, दृष्टिबिहीन, एकल महिला, अपाङ्ग, अशक्तलाई पनि राहत बितरण गरिएको हमालले जानकारी दिनुभयो । ब्यक्तिगत रुपमा रकम उठाएर थोरै भएपनि राहत दिने काम गरेको उहाँको भनाई छ । राहत वितरणमा युवा संघका नविन मल्ल, अ‍नेरास्ववियुका सन्तोस सुनाम र जीवन अधिकारीले सक्रियता देखाउनुभएको थियो । प
महाशिला गाउँपालिकाले पनि २ हजारका दरमा राहत दिने घोषणा गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’