एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

चितवन/नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई नेकपा एमालेको जनाधार देखेर अहिले काँग्रेस र माओवदी पार्टी अत्तालिएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई ठुलो भन्ने दुइ पार्टी अत्तालिएको बताउनु भएको हो । उहाले चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने भएको उहाले आरोप लगाउनु भयो । काँग्रेको यही मङ्सिर र माओवादीको केही हप्तापछि हुन लागेको महाधिवेनमा जनप्रदर्शन नगर्ने निर्णयले नै उहाँहरु अत्तालिएको प्रष्ट भएको बताउनु भयो ।

चितवनमा सातलाख भन्दा धेरै जनसहभागिता भएको प्रमाण सुरक्षा निकायले दिएको सचिव भट्टराइले जानकारी दिनुभयो । यती ठूलो सहभागिता जुटाउन नेपाली कांग्रेस र माओवादीको सक्दैनन् । एमालेसंग सामना गर्न सक्ने पार्टी अन्य छैन । एमालेको जनसहभागिता तोड्ने भनेको एमालेले नै हो अन्य पार्टीले होइन ।

कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसंग छ । जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ । नेकपा बिघटन भएपछि एमालेनै नेकपाको लिगेसी कायम राखेको उहाले बताउनु भयो । किनभने माओवादीका केही हिस्सा एमालेमा छ् । पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेमा छ । एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टी नेपालमा रहन्छ । अन्य कम्युनिस्टको प्रभाव हुदैन । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उहाले बताउनु भयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सुर्य थापाले एमालेको जस्तो व्यबस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न केही वर्ष यता अन्य पार्टीले गर्न नसक्ने बताउनु भयो । एमालेको महाधिवेशनबाट सवैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिएको आरोप लगाउनु भयो । थापाले भन्नु भयो उहालाई धेरै छट्पटी भएको छ , एमालेको महाधिवेशन चितवनमा गर्ने घोषणा भएदेखि प्रचण्ड अनेक बहानामा जिल्ल्ला आएका छ्न । कसरी जनता प्रभावित पार्न सकिन्छ भनेर हिडेका छन् । उहालाइ निन्द्रा छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’