पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत


पर्वत : पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका प्रेमप्रसाद आचार्य र सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गणेश पौडेललाई पर्वत उद्योग वाणिज्य संघले स्वागत र सम्मान सहित बधाई ज्ञापन गरेको छ।
संघको सभा हलमा आयोजना गरिएको कार्यक्रममा उनीहरु दुई जनालाई संघका अध्यक्ष गोपी अधिकारी सहित पूर्व अध्यक्ष, वर्तमान पदाधिकारी र सदस्यहरुले स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले निजी क्षेत्रको लगानीबाट मिलेका रोजगारीका अवसर र निजी क्षेत्रका माध्यमबाट सरकारलाई जाने कर देशको अर्थतन्त्रका लागि महत्वपूर्ण भएकोले निजी क्षेत्र अर्थतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको बताए। देशभित्र उधोगधन्दा फस्टाउन नसक्दा देशको अर्थतन्त्र आयातमुखी बनेको र आयातमा समस्या आउँदासाथ अहिलेको जस्तै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने उनको भनाई छ।
पर्वतको व्यापार, व्यवसायका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाउने र लगानीको वातारवरण तयार गर्नका लागि प्रशासनकातर्फबाट गर्नुपर्ने कामहरुमा आफूहरुले सक्दो सहयोग गर्ने प्रजिअ आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो जागिरे जीवनको अवधिमा कर सङ्कलन तथा उधोग वाणिज्य र आपूर्तिको क्षेत्रमा बसेर काम गरेकाले उद्योग र वाणिज्यको क्षेत्र तथा त्यहाँ रहेको समस्याका बरेमा आफू जानकार रहेको उनको भनाई छ। आफू सुर्खेतको बासिन्दा भए पनि करिब पाँच पुस्ता अगाडि पर्वतबाट दैलेखमा सरेर गएको र पुन दैलेखबाट सुर्खेत गएकाले आफ्नो भावना पर्वतसँग जोडिएको उनले सुनाए।
यस्तै सहायक प्रजिअ गणेश पौडेलले बिबेकले भ्याएसम्म आफूले कार्यसम्पादन गर्ने विश्वास दिलाए। पहिले नै जिल्ला निर्वाचन कार्यालयमा बसेर काम गरेकाले आफूलाई पर्वतको बारेमा थहा भएकाले अबको कार्यसम्पादनको लागि पनि सहज उनको भनाई छ। निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाउँदै उनले ‘ई गभर्नेन्स’ का माध्यमबाट भइरहेका धेरै कामहरु स्पष्ट र छरितो भएको पौडेलले बताए। प्रशासनले नागरिकमैत्री सेवा दिनका लागि कुनै कसुर बाँकी नराख्ने भन्दै उनले स्रोत साधनका कारण केही समस्या आए त्यसमा मानवीय स्वार्थ रहेको भन्ने नबुझिदिन पनि अनुरोध गरे। निजी क्षेत्रले पर्वतमा गरेका लगानीहरु उदाहरणीय रहेका भन्दै उनले पर्यटनको विकासमा पर्वत गरेका कामहरु प्रशंसनीय रहेका पौडेलको भनाई छ।
स्वागत मन्तब्यका क्रममा बोल्दै संघका अध्यक्ष गोपी अधिकारीले अर्थतन्त्रका लागि निजी क्षेत्र देशको महत्वपूर्ण हिस्सा रहेको बताउँदै उद्योग वाणिज्य संघ पर्वत व्यवसायीका हकहितका लागि प्रतिबद्ध रहेको बताए। संघ राज्यप्रति उत्तरदायी रहँदै जिल्लामा हुने दैबी प्रकोप, बिपद लगायतका काममा पनि अग्रपङ्क्तिमा रहेर काम गर्दै आइरहेको अधिकारीको भनाई छ। जनप्रतिनिधि नभएको बेलामा पनि विकास निर्माणदेखि पर्वतलाई छिमेकी जिल्लासँग जोड्न काम गरिरहेको स्मरण गर्दै यनले कुश्मा–कल्लेरी सडक, यान्त्रिक पुल, सडक लगायतका कामहरु महत्वपूर्ण रहेको उनले बताए। निजी क्षेत्रको लगानीले समृद्धि सम्भव छ भन्ने कुरा देशभरको अवस्थाले देखाएकोले व्यापार, व्यवसायमा व्यवसायीले भोग्दै आएका समस्यासमाधानका लागि प्रशासनले समन्वय गर्ने अपेक्षा लिएको अधिकारीको भनाई छ।
निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, पूर्व अध्यक्षहरु हरिप्रसाद शर्मा, लक्ष्मीकान्त आचार्य, मिनप्रसाद श्रेष्ठ, होमनारायण श्रेष्ठ, हरिओम शर्मा लामिछाने लगायतको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन संघको कार्यालयका प्रमुख टंकनाथ शर्माले गरेका थिए। सोही अवसरमा नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित भएका केदारनाथ शर्मा र सदस्यमा निर्वाचित गोपी अधिकारी सदस्य बनेकोमा उनीहरुलाई बधाई ज्ञापन पनि गरिएको थियो। संघका बरिष्ठ उपाध्यक्ष ठाकुर बी. पौडेलले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’