पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वत /सम्पन्न स्थानीय तहको निर्वाचनमा आंशिक रूपमा १०  र पूर्ण रूपमा ०.७४ प्रतिशत मतहरू बदर भएको पाइएको छ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार जिल्लामा खसेका कुल ७९ हजार ६९१ मत मध्ये ५९५ अर्थात् ०.७४ प्रतिशत मत पूर्ण रूपमा बदर भएका छन्।

आंशिक रूपमा बदर भएका मतको विवरण वडा र पद अनुसार फरक हुने भएकाले एकीकृत रूपमा निकालिएको उनको भनाई छ।

आंशिक रूपमा बदर भएका मतहरूको प्रतिशत सरदरमा निकाल्दा १०.१४ प्रतिशत रहेको भए पनि पद अनुसार निकाल्दा १६.१५ प्रतिशतसम्म बदर भएका छन्।

सबैभन्दा कम वडाध्यक्ष पदमा ६.९ प्रतिशत मत बदर हुँदा सबैभन्दा बढी खुला वडा सदस्यमा १६.१५ प्रतिशत मत बदर भएका छन्।

यस्तै प्रमुख-अध्यक्षमा ७.३४ प्रतिशत , उपप्रमुख-उपाध्यक्षमा १२.४ प्रतिशत, महिला सदस्यमा १३.०८ प्रतिशत र दलित महिला सदस्यमा १५.१ प्रतिशत मत सरदरमा बदर भएका छन्।

पर्वतको जलजल गाउँपालिकामा ११ हजार २२९, पैयुँ गाउँपालिकामा ७ हजार ७७३, फलेवास नगरपालिकामा १४ हजार ९८९, महाशीला गाउँपालिकामा ५ हजार ४१३, मोदी गाउँपालिकामा १२ हजार ५७१ र बिहादी गाउँपालिकामा  ७ हजार ५९ मत खसेका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’