पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुराचार कसुरमा एक जनालाई पक्राउ गरेको छ।

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्लाको जलजला गाउँपालिका–४ स्थित लामाखेतमा बस्दै आएका ३० वर्षीय विष्णु आचार्यलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार  जेठ ११ गते साँझ सवा ५ बजेको समयमा आचार्यले दुर्व्यवहार गरेको भनी बालिकाका बाबुले प्रहरीमा किटानी जाहेरी दिएपछि जेठ १२ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट समेत पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आचार्यविरुद्ध ‘बाल यौन दुरुपयोग’ शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पक्राउ परेका आचार्यविरुद्ध पर्वत जिल्ला अदालतबाट सोही प्रकृतिका दुई ओटा मुद्दा चलिरहेको र धरौटीमा रहेको तथा हालसम्म मुद्दा फैसला हुन बाँकी रहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख