गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

कास्की/गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । हप्ता दिन अगाडी फाट्टफुट्ट सङ्क्रमित भेटिएको गण्डकीमा हिजो आज दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् ।

प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । यहाँ दैनिकरुपमा दर्जनौँको सङ्ख्यामा सङ्क्रमित थपिएका छन् । त्यसै गरी प्रदेशमा नवलपुर सङ्क्रमित वृद्धि हुने दोस्रो नम्बरमा छ । यहाँ पनि सङ्क्रमित प्रत्येक दिन ठुलो सङ्ख्यामा थपिएका छन् ।

प्रदेश सरकारबाट सञ्चालित गण्डकीको एक मात्र कोभिड उपचारको डेडिकेटेड सरुवा तथा सङ्क्रामक रोग अस्पतालमा २ हप्ता अघि सम्म एक-दुई जना मात्रै सङ्क्रमित उपचार भइरहेकोमा अहिले त्यो सङ्ख्या बढेर झण्डै एक दर्जन पुगेको अस्पतालका निर्देशक विकास गौचनले बताए ।

पछिल्लो एक सातामा गण्डकीका अन्य अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या तेब्बर बढेर गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार एक हप्ताअघि गण्डकी प्रदेशभर १ सय ७२ जना मात्रै सक्रिय सङ्क्रमित थिए । तर, शनिबार सम्म उक्त सङ्ख्या चौवर बढेर ९ सय ५८ पुगेको छ ।

कोरोनाको तेस्रो लहरसँगै ओमिक्रोनको सङ्क्रमण बढेपछि गण्डकीका कास्की र नवलपुरमा दैनिकरुपमा ठुलो सङ्ख्यामा सङ्क्रमित भेटिन थालेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशमा हालसम्म ९५४ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ९२४ जना होम आइसोलेसनमा रहेका छन् । प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ५६० जना सक्रिय सङ्क्रमित रहेका छन् । कास्कीमा हालसम्म ३७ हजार ४५६ सङ्क्रमित भएकामा ३६ हजार २६९ जना सङ्क्रमणमुक्त भएका छन् भने ६२७ जनाको मृत्यु भएको छ । पर्वतमा सङ्क्रमितको सङ्ख्या ३ हजार ७६३ पुगेको छ । त्यसमध्ये ३ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन् भने ७५ जनको मृत्यु भएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ रहेको छ ।

त्यसै गरी नवलपुरमा हालसम्म १९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा हालसम्म १० हजार ७२४ जनामा सङ्क्रमित भएका छन् । त्यसमध्ये १० हजार ३८२ सङ्क्रमणमुक्त भएका छन् भने १४३ जनाको मृत्यु भएको छ ।

गोरखामा हालसम्म ७ हजार ३६४ जनामा कोरोना सङ्क्रमण भेटिएको छ भने ७ हजार ३०८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु भएको छ । ६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यसैगरी तनहुँमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ८६७ रहेको छ भने ६ हजार ६६७ जना सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४९ रहेको छ भने १५१ जनाको मृत्यु भएको छ त्यसै गरी लमजुङमा हालसम्म ४ हजार ११० जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ४ हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९ जना रहेका छन् भने ४१ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

स्याङ्जामा हालसम्म ७ हजार ४८८ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ७ हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ रहेको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १७४ जनाले ज्यान गुमाएका छन् ।

त्यसै गरी बागलुङमा हालसम्म ७ हजार ८४४ जनमा सङ्क्रमण देखिएको छ । त्यसमध्ये ७ हजार ७२७ जना सङ्क्रमणमुक्त भएका छन् भने ९० जनाको मृत्यु भएको छ । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ रहेको छ । त्यसै गरी म्याग्दीमा हालसम्म ३ हजार ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ हजार २२८ जना सङ्क्रमणमुक्त भएका छन् भने ५७ जनाको मृत्यु भएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ रहेको छ ।

मुस्ताङमा अहिलेसम्म ३३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये ३१४ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १७ रहेको छ । जिल्लामा हाल ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै मनाङमा हालसम्म १६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये १६७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको सङ्ख्या २ रहेको छ । मनाङमा हाल सक्रिय सङ्क्रमित छैनन् । गण्डकीमा सक्रिय सङ्क्रमित शून्य हुने जिल्ला मनाङ मात्र हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल सक्रिय सङ्क्रमितमध्ये अहिले २५ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेडमा मात्रै १२ जना सङ्क्रमितले उपचार गराइरहेका छन् ।

यसरी बढ्दै छ सङ्क्रमण

प्रदेशमा केही दिनदेखि क्रमश: कोरोना सङ्क्रमण उच्चरुपमा वृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र सङ्क्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहीबार १६५ शुक्रबार १८६ र आज शनिबार २०६ जनामा सङ्क्रमण देखिएको हो । एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना सङ्क्रमण तीव्र गतिमा वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेमा कास्कीमा ८०, लमजुङ ११,पर्वतमा १, स्याङ्जा २२, म्याग्दी १४, तनहुँ ९ र नवलपरासी पूर्वमा ६९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८९ हजार ४३८ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय २८ रहेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १३ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८७ हजार ५३ पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ५०१ जनाको परीक्षण भएको छ ।

स्रोत साधन भए पनि जनशक्तिको अभाव

गण्डकी प्रदेशमा पोखरा क्षेत्रका सरकारी अस्पतालहरू स्रोतसाधन सम्पन्न छन् । कास्कीमा अहिले ४ वटा सरकारी अस्पतालले कोरोना सङ्क्रमितको उपचार गरिरहेका छन् । सरुवा तथा सङ्क्रामक रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिशु अस्पताल र मातृ शिशु अस्पतालले उपचार गर्दै आएका छन् । ती अस्पतालहरूले २ सय २० जनासम्म बिरामीलाई उपचार गर्न सक्छन् । त्यसबाहेक पोखरा क्षेत्रमा एक दर्जन भन्दा बढी निजी अस्पतालले पनि कोरोना सङ्क्रमितलाई उपचार गर्दै आइरहेका छन् । प्रदेशका पोखरा क्षत्रका र अन्य जिल्लाका जिल्ला अस्पतालहरूमा समेत सङ्क्रमितको उपचार हुँदै आएको छ । तर, सरकारी अस्पतालहरूमा साधन स्रोतको सरकारी स्तरबाट व्यवस्था भए पनि जनशक्ति भने पर्याप्त छैन । प्रदेशका आधा दर्जन भन्दा धेरै अस्पतालहरूमा आइसियु, भ्यान्टीलेटर लगायतका उपकरणको व्यवस्था भए पनि त्यसलाई चलाउने जनशक्तिको व्यवस्था हुन नसक्दा आम नागरिक सेवाबाट वञ्चित हुनु परेको छ ।

अन्योलमा सरकार

दिन प्रतिदिन तीव्र रूपमा कोरोना सङ्क्रमण वृद्धि हुँदासमेत प्रदेश सरकार र सरोकारवाला निकायहरूले आवश्यक तयारी थाल्न सकेका छैनन् । सङ्क्रमण वृद्धि भएपछि प्रदेश प्रवेश गर्ने नाकामा कडाइ गर्न थालिए पनि अन्य आवश्यक तयारी कमजोरी देखिएको छ । प्रदेश सरकारले पनि योजनासहित कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक तयारी थाल्न सकेको छैन । सरकार पर्ख र हेरको अवस्थामै रुमलिएको छ । प्रदेशमा तत्कालै विभिन्न अस्पतालहरूमा उपचार गराउने र आवश्यक अवस्थामा पहिले बनाइएका विभिन्न होल्डिङ सेन्टरलाई अस्पतालमा रूपान्तरण गर्ने योजनामा प्रदेश सरकार रहेको छ ।

पछिल्लो हप्तामा सङ्क्रमण वृद्धि भएसँगै एन्टिजेन परीक्षणलाई ‘व्यापक’ बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाको तेस्रो लहरलाई रोक्न स्वास्थ्य मापदण्डलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का बताउँछन् । उनले नाकामै कडाइ गरेर लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने योजना बनाएको बताए ।रातोपाटीबाट 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’