एमाले निकट अनेमसंघ कुश्मा नगर कमिटिमा नयाँ नेतृत्व -अध्यक्षमा अम्बिका शर्मा

पर्वत । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) कुश्मा नगर कमिटि को अध्यक्षमा अम्बिका शर्मा चयन भएकी छिन् । अनेमसंघको नगर सम्मेलनबाट शर्मा अध्यक्षमा चयन भएकी हुन् । सम्मेलनले उपाध्यक्षमा शर्मिला सुवेदी तिवारी सचिवमा प्रमिला शर्मा परी, कोषाध्यक्षमा सिता गिरी सितासु र उप सचिवमा सीता परियार चयन भएका छन् । अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।

यस अघि भएको उद्घाटन शत्रमा नेकपा एमालेकी केन्द्रिय सदस्य कल्पना चापागाईले महिला अधिकार प्राप्त भएको भनिए पनि अधिकार कार्यान्वयनमा नआएको बताएकी थिइन् । चापागाईले महिलाहरु अझै पनि चुलो चौकामा बस्न बाध्य रहेको धारणा राखिन् ।

प्रतिनिधि सभाका सदस्य तथा एमाले केन्द्रिय सदस्य पदम गिरीले अनेमसंघमा आवद्ध महिलाहरुले आफ्नै घरबाट महिला हिंसा अन्त्यको थालनी गर्नुपर्ने धारणा राखे । उनले महिलाहरु संगठनमा आवद्ध हुने तर आफ्नै घरमा भएको हिंसालाई सहेर बस्ने कार्यको अन्त्य गर्न आग्रह गरे ।

कार्यक्रमाम नेकपा एमालेका विभिन्न तहका नेताहरुले शुभकामना मन्तब्य राखेका थिए । पवित्रा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन शत्रको सञ्चालन सरस्वती भण्डारीले गरेकी थिइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’