वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

फाइल फोटो

काठमाडौं, ८ कात्तिक । आज (सोमबार) पनि देशका विभिन्न भागमा वर्षासहित हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

मौसमविद् सजना शाक्यका अनुसार प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।

‘काठमाडौंमा आज पनि मौसममा बदली हुनेछ । पानी पर्ने सम्भावना रहेको छ’, उनले भनिन्, ‘तर, उपत्यकाभरी सबैतिर पानी पर्छ भन्ने छैन । केही स्थानमा मात्रै पानी पर्न सक्छ ।’ आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वागमती र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ । वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद् शाक्यको आग्रह छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’