उनी उस्को प्रेमिका हुन !
-अनु शाह
भाबनाका उछालहरु,
कल्पनाको सागरमा समेटेर,
लेक बेसी कामनाको गुराँस फुलाउँछ,
आफ्नै स्पन्दन्को राग गाउँदै
उस्को अल्लारे बैंश,
अझै गहिराई खोज्दै
डुबल्की मार्न हतार छ,
नतिजाको प्रबाह गर्न
उसैलाई फुर्सत नै कहाँ छ र ?
उ त बश कल्पनाको बाईपखीँमा
चढेर आकाश पातलको भ्रमण गर्छ
उस्को सीमा न धर्तिले छेक्न सक्छ
नत आकाशले तोक्न सक्छ,
उ दिनरात प्रेमको अनुभुती जगाउन
इन्द्रेणीको बाटो हुँदै छितिज सँग रमाउँछ,
बादल सँग बर्षालाई देखेर हर्ष मनाउछ,
उस्लाई सँसारिक रिती रिवाजको
प्रबाह नै हुँदैन,
उ मनसागर को रूपकमलमा पनि
आफ्नै प्रेमिका देख्छ,
प्रभातको लालिमामा होश
या शरदको जूनमा,
सबै तिर उनी नै उनी देख्छ,
कहिले घुम्टो भित्र लजाई रहेकी,
कहिले उस्कै रँङले सिउँदो सजाई रहेकी,
पाउजुको झँकारले झस्काई दिने,
चुराको छनछनले ब्युझाई दिने उनी,
उनी प्यारी प्यारी, सुकुमारी,
कँचन बिहानीको शितबिन्दु जस्तै
पबित्र र निर्बीकार त्यो अनुहारमा
प्रेमको अनुराग भरेर,
स्वर्गीय आन्नदको अनुभुती जगाउँछ,
त्यसैलेत उस्को दीमागमा
उनी सरीत प्रवाह बनेर बग्छीन,
छात्तीको न्यानो वडारमा
सबैक आाँखा छलेर लुकाउँछ उन्को माँयाँलाई,
जल तरँग के हो र ?
उन्को बोली सँग दाज्नँ मील्ने
झरनाको झँकार कमै पर्छ
उन्को हाँसोको सामु
त्यसैले धडकनको रत्त कणमा भरेर,
बैशालु मधुमास,
राज गर्छिन उनी,
उनी चाँदनी हुन,
उनी रागिनी हुन,
उनी मालिनी हुन
तर सबै भन्दा बढ़ी उनी
उस्को प्रेमिका हुन.