जनपरिचालन अभियानमा एक करोड जनता सहभागी गराउँछौ – एमाले उपाध्यक्ष गौतम

bamdev gautamनेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले नेपालमा एमाले पार्टी रहुन्जेल देशभित्रका राष्ट्रघाती शक्तिहरुलाई अघि बढ्न नदिने चेतावनी दिएका छन् । अनेरास्ववियुले सरकारी र सामुदायिक विद्यालय र विश्वविद्यालयको गुणस्तर सुधार गर्ने उदेश्यले आयोजना गरेको ‘तीन महिने सार्वजनिक शिक्षाको गुणस्तर सुधार अभियान–२०७३’ अभियानको उद्घाटन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘नेपालमा एमाले रहुन्जेल राष्ट्रघाती शक्तिलाई अघि बढ्न दिने छैनौँ,’ उनले भने,  ‘विदेशी शक्तिहरुले पनि जतिसुकै प्रयत्न गरे पनि उनीहरुलाई समेत राष्ट्रियतामाथि हस्तक्षेप गर्न दिने छैनौँ ।’ उनले नेपाली जनता र राष्ट्रियताको रक्षा एमालेले मात्रै गर्न सक्ने पनि ठोकुवा गरे । ‘रगत–पसिना बगाएर भए पनि राष्ट्रियताको रक्षा एमालेले गर्छ भन्ने सन्देश दिन एमालेले अभियान सञ्चालन गरेको छ ।’

उनले एमालेले फागुन एकदेखि चैत एकसम्म एक महिने अभियान सञ्चालन गरेको भन्दै त्यो नेपालको इतिहासमै अभूतपूर्व हुने ठोकुवा पनि गरे । ‘हामीले यो अघियानमा ५० लाख जनता परिचालन गर्ने भनेका छौँ,’ उनले भने, ‘तर, मेरो अनुमानमा यो अभियानमा एक करोड जनता सहभागी हुनेछन् ।’ उनले त्यो अभियानले नेपालमा संकट ल्याउनेहरुलाई एमालेले परास्त गरेर छाड्नेछ भन्ने सन्देश दिने दावी गरे ।

उनले कार्यक्रममा सरकारले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । ‘त्यो भयो भने मात्र हामी समाजवादमा पुग्यौँ भन्ने ठाने हुन्छ,’ उनले भने ।  कार्यक्रममा अनेरास्ववियु अध्यक्ष नविना लामालगायतले पनि बोलेका थिए ।ooooo

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’