पर्यटन

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

तनहुँ/तनहुँको बन्दीपुरमा सञ्चालनको तयारी भइरहेको बन्दीपुर केवलकार अहिले परिक्षणको चरणमा छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड अन्तर्गतको केवलकारको जडानका सम्पूर्ण कामहरु सम्पन्न भएर हाल परिक्षण अवधि चलिरहेको छ। केवलकारको सम्पुर्ण मेकानिकल सामाग्रीहरुको जडान गत बैसाख २५ गते सम्पन्न भएपछी नियमित परिक्षण गरिरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । परिक्षण सकिए पछि कम्पनीलाई कमर्शियल […]


पर्वतको शेराबेँसीबाट मुृक्तिनाथ पुग्ने विश्वकै लामो केवलकार निर्माण अगाडि बढ्यो

पर्वत । पर्वतको मोदी गाउँपालिकाको शेराबेंसीबाट शुरु भै चार जिल्लालाई जोड्ने केवलकार परियोजना अगाडि बढ्ने भएको छ। पर्वतको भूकदेउराली सेराबेंशी ९पर्वत०(मुक्तिनाथ केवलकार आयोजना अगाडि बढ्ने भएको हो। कम्पनीले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ। केवलकार शुरु हुने पर्वतको मोदी गाउँपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र […]


नयाँ वर्षमा पर्यटकले भरिभराउ कुश्माबजार

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो […]


पर्वतको पार्वती गुफा-दाताले दिए पाँच रोपनी जग्गा, गण्डकी सरकारले दियो दुई करोड

पर्वत :/ कुश्मा नगरपालिका–१ पाङ र वडा नं. २ खुर्कोटको सिमानामा पर्ने पार्वती गुफालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश र स्थानीय सरकारले पहल गरेका छन्। प्रसिद्ध धार्मिकस्थल पार्वती गुफामा पैदल मार्ग, तार बार, पर्खाल, मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न थालिएसँगै गण्डकी प्रदेश सरकारले स्वीकृत गरेको दुई करोड रुपैयाँमध्ये ४० लाख रुपैयाँ निकासा भएको […]


सातौ पर्वत महोत्सब आज देखि शुरु हुँदै, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको सातौ पर्वत महोत्सब आज देखि शुरु हुँदैछ । कुस्माको बड्गाउँ चौर खेल मैदानमा हुने महोत्सबको दिउँसो १ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गर्नु हुनेछ । माघ २१ गतेसम्म आयोजना गरिएको महोत्सबको सबै तयारी पुरा भएको मुल आयोजक पर्वत उद्योग बाणिज्य संघका […]


पर्वत महोत्सवको अवसरमा बन्जि र जिपलाइन गर्नेका लागि विशेष छुट

पर्वत । सातौँ पर्वत महोत्सवको अवसरमा जिल्लामा रहेका सहासिक खेल खेल्न चाहनेहरुलाई विशेष छुट हुने भएको छ । यही माघ ११ देखी २१ गते सम्म सञ्चालन हुन गइरहेको गण्डकी प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा सातौँ पर्वत महोत्सव अवधीभर खेल खेल्न चाहनेलाई विशेष छुट हुने भएको हो । सोमबार महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित […]


महोत्सव सफल बनाउन पुर्व अध्यक्षहरुको छुट्टै अभियान

पर्वत/पर्वतको कुश्मा बजारमा सञ्चालन हुन गइरहेको सातौँ पर्वत महोत्सवलाई भव्य र सभ्य बनाउन पुर्व अध्यक्षहरुले छुट्टै अभियान सञ्चालन गरेका छन् । माघ ११ गतेदेखि २१ गते सम्म सञ्चालन हुने गरी आयोजना भएको महोत्सवलाई सफल बनाउनका लागि पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरुले कुश्मा बजारका व्यवसायीहरु समक्ष साक्षत्कार अभियान सञ्चालन गरेका हुन् । आइतबार पर्वत उद्योग […]


पोखरामा यति एयरको विमान दर्घटना, क्षतिको बिबरण अाउँदै

पोखरा । पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै दुर्घटना भएको हो । भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।


पुसको चिसोमा पनि मुस्ताङमा पर्यटक चाप,होटलमा चिसोमा पर्यटक मैत्री पुर्वाधार थप्न आवश्यक

पर्वत :/ हिमाल पारीको जिल्ला मुस्ताङको तापक्रम यति वेला माइनस १५ डिग्री सेल्सियससम्म झरेको छ। बग्दै गरेको खोला र धाराको पानी जमेको छ। हिमतालको पानी जमेको छ भने कतिपय उच्च स्थानमा हिउँ जमेको छ। चिसोका कारण स्थानीय बासिन्दाको दैनिकी कष्टकर बनेको छ। घरबाहिर निस्केर गर्नुपर्ने काम गर्न समस्या यो वेला हुन्छ। भौगोलिक र मौसमी रूपमा […]


छिम्केश्वरी डाँडा र मनोकांक्षा पुरा गर्ने छिम्केश्वरी

तनहुँ/-तनहुँ जिल्लाको सबै भन्दा अग्लो चुचुरोको रुपमा छिम्केश्वरीलाई लिइन्छ ।यसै छिम्केश्वरी डाँडामा छिम्केश्वरी माइको मन्दिर विराजमान छ । बुढीदेवी माईको मन्दिर पनि छिम्केश्वरी मन्दिरको निकट दुरीमा विराजमान छ । यि दुवै शक्ती पिठमा प्रत्येक दिन जसो टाढा टाढाबाट कोही न कोही दर्शनार्थीहरु आउने गरेको पाईन्छ । जैविक विविधताले भरिपुर्ण छिम्केश्वरी लेकलाई ग्रामिण र धार्मिक पर्यटका […]