साहित्य

म कुनै ठेकेदार होईन

-स्वस्थानी रिजाल सिर्जनाहरू समुद्र झै फैलाउने मन छ कल्पनाहरू साकार हुनुपर्ने हो पनि भन्छ असरल्ल योजनाहरू सम्हालेर लक्षित ठाउँमा पुर्याउन लागिरहन्छु, जहां पुग्छु कुस्माकै लागि मागिरहन्छु । म र मेरो नगरवासी हरुमा परिवर्तन देखेको छैन, नत पर- बासी हरूनै उत्साहित भएको देख्छु मेरो घरबाट टाढा पश्चिम को पहाडलाई सोध्छु बाग्लुड० तिर कस्तो छ मालिका ? […]


बजेट आऊने दिन

-अर्जुन पौडेल निर्जन आज बजेट आऊने दिन बिहानै देखी चहलपहल छ रकम काट्ने र छाट्नेहरुको सिंहदरबार तीर मन्त्रीज्यु रातो गलबन्दी पहिरेर रातो रिबन भित्रको ब्रिफकेशबाट रातो मसीले हस्ताक्षर गरेको आज बजेट आऊने दिन चहलपहल छ देशैभर गाऊँ गाऊँ टोल टोल रेडियो फुकीरहेछ मन्त्रीज्युको बजेट भाषण पट्यारलाग्दो एकतमास रेडियो सुन्नेहरुको जमात केही नया आऊने आशामा ब्यग्र […]


ए सरकार तिमी कहाँ छौ ?

-डा. झलक गौतम ए सरकार तिमी कहाँ छौ गठमा छौ कि बन्धनमा ? उ त्यता प ऽ र बाजुरा मुक्तिकोट तिर आँखा खोलेर हेर त ठ्याक्कै तिम्रि आमा जस्तै कार्तिका बि क हरु रगतको आहालमा ढुब्दै ताहाड खोलाका तिर तिर बन,खेत,खलियान र चौबाटाहरुमा सन्तान जन्माउन अभिशप्त छन्। उफ् उफ् उफ् कठै कठै कठै नमन नमन […]


कविता -अनुहार पढ्छु

  -स्मृति पौडेल आजकाल मानिसको अनुहार पढ्छु एक मा आक्रोश अर्को मा उदासि भेट्छु उषाको किरण मधुर बनी दिउँसो को प्रहर अँध्यारो हजारौं हजार सपना बेचि एक पलको निद किनेको देख्छु।। आँसु र हाँसोको मिस्रित भाब सगै उराठ लाग्दो जीवन धेरै देख्छु आफू आफैमा टुटेर निर्जीव बस्तु तिर ठोकिएको भेट्छु योगदान बिना नै महानता खोज्ने […]


कविता-सुन्यतामा हराए जस्तो

-स्मृति पौडेल लाग्छ आफैंले बाँचेको जीवन कतै सुन्यतामा हराए जस्तो हिड्दै गर्दा गन्तव्य बिर्सिए जस्तो बोल्दा बोल्दै भक्कानिएर कतै भागु जस्तो सोचे झै कहाँ छ र सहज नचाहेको मलिन हासो जति कठोर बनाउन खोज्यो झन बर्सिरहने त्यो गर्जन भिजेका पतझर झै कठिन यो यात्रा।। आत्मियता हराए सगै भासिएका सम्बन्ध हरु कहिले टेकेको जमिन भासिन्छ ओडेको […]


“निकास एमाले हो”

-स्वस्थानी रिजाल रातो सुर्य उदाउँदो छ नभमा जानू कहाँ? कुन् नीर। जनताको मनछैन रत्ती अरुमा लागौं एमाले तिर।। राम्राछन् यसका नीति गुणहरु पार्टी बलियो छ यो। बिदेशी चलखेल छैन यसमा नेपालकै पृय हो।। नेपाली जनको अद्वितीय कला एमालेकै साथ छ। उन्नत देश बनाउने जग पनि एमालेकै हात छ।। बृद्धा औ बनिता अशक्त जति छन एमालेले […]


कविता-कोमल सुर्य उदाउँदा

-स्वस्थानी रिजाल प्रकृतिले बिस्तारै कोमल छटा फिजाउँदा मेरि मातृभूमिले दन्त लहर खुलाउँदा सुर्यको किरणसँगै चिर्बिर चरी कराउँदा घाँस दाउराका भारीसँगै दौँतरीहरु रमाउँदा मलाई असाध्य आनन्द आउँछ जब बिहानिको कोमल सुर्य उदाउँछ। दुधे नानीलाई आमाले काखमा च्याप्प समाउँदा सुनसान रातमा पुर्णिमाको चन्द्रले उज्यालो फिजाउँदा दौँतरीले सोरठी र असारे भाकामा गीत गाउँदा झरनाले पहाडका तरेलीसँग मीत लाऊँदा […]


अखेली र लामिछानेको ‘ढाँचा पार्‍यो नभने’ गीत बजारमा (भिडिओ सहित)

पर्वत/‘भिर्नी झोलामा’ गीत मार्फत चर्चामा आएका सञ्चारकर्मी तथा चर्चित लोकगायक कृष्ण अखेली र चर्चित लोकदोहोरी गायिका सरस्वती लामिछाने को स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो गायिका लामिछानेकै आधिकारिक युट्युव च्यानल सरस्वती लामिछानेबाट सार्वजनिक भएको हो। ‘ढाँचा पा¥यो नभने’ बोलको उक्त गीतमा शिव अखेलीको शब्द तथा लय रहेको छ। प्रेमी–प्रेमिकाको रुपको तारिफका केन्द्रित […]


गजल

-स्मृति पौडेल कस्तो निर्दयि रहेछ जिबन भत्काएर गयो पागल हुरि रहेछ सपना उडाएर गयो।। पिडादायि जिन्दगीको को सग गरु गुनासो मसानघाटको मुर्दा सरि जलाएर गयो।। यो मनको कोमलता लाई कसरी मार्न सकेको जिउँदोलाई मारेर आगोमा डडाएर गयो।। मुटुबिनाको धारिलो हतियार रहेछ मेरो मुटु समेत लुटाएर लग्यो।। त्यो अन्धो तुफानलाई सम्झन चाहन्न स्मृतिका मिठा पल आँसुमा […]


कालीगंगा सुसाउँदा

-सोनि रिजाल कालीगंगा सुसाउंदा पहराले माया लाउँछ, झरनाको धुनसंगै कोईलीले नाच्न आउँछ, पाखा पाखा रमाउँदै नाच्दै हिंड्ने चरी कठै, शिकारीको जाल् मा परि बिचल्ली त हुन्न कतै, पहरामा उडीहिंड्ने रमाउंदै गीत गाउने, चखेवाको जोडीजस्तै अजम्वरी प्रीत लाउने, कति मिठो प्रेम थियो, कति धेरै माया, उड्दा उड्दै पंख झर्यो हराई गयो छांयां, उड्नुथियो निकैमाथी कस्ले देला […]