खेल अन्य

जनताका दैनिक समस्याबाट टाढा भाग्न मिल्दैन : प्रमुख प्रशासकीय अधिकृत गौतम

कमलप्रसाद गौतम प्रमुख प्रशासकीय अधिकृत मोदी गाउँपालिका, पर्वत पर्वतको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कमलप्रसाद गौतमसँग मोदी गाउँपालिकाले हालसम्म गरेको विकास निर्माण, सुशासन तथा संवृद्धिलगायत विविध विषयमा नेपाल समाचारपत्रका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश : जनताको सरकार भनेर चिनिने तपाईंको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ? […]


राष्ट्रिय अध्यक्ष कप भलिबल शुरु ,महिना दिनमै सरकार परिर्वतन हुने परम्पराको अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सीना

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले महिना दिनमै सरकार परिर्वतन हुने राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्ने बताएका छन् । शनिवार पर्वतको मोदी गाउँपालिका वडा न १ भुकमा आयोजीत राष्ट्रिय सभा कप प्रतियोगीताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले सरकार परिर्वतन भईरहने परम्पराको अन्त्य हुनुपर्ने बताएका हुन् । जनताले स्थिर सरकार देख्न चाहेको कुरा उल्लेख गर्दै उनले […]


मोदीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड शुरु

पर्वत/पर्वतको मोदी गाउँपालिकाले दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु गरेको छ । पालिकाले मातहतका विद्यालयहरुलाई आन्तरिक प्रतिस्पर्धामा उतारेर दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ गरेको हो । माघ २७ देखि २९ गते सम्म सञ्चालन हुने गरी शुभारम्भ भएको प्रतियोगिताको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्घाटन गर्नुभएको छ । उद्घाटनका अवसरमा बोल्दै शर्माले शिक्षाको गुणस्तर विकास सँगै खेलकुद […]


पर्वत महोत्सवमा थपियो खुल्ला महिला भलिबल प्रतियोगिता

पर्वत/पर्वतको कुश्मा बजारमा सञ्चालन हुन गइरहेको सातौँ पर्वत महोत्सवमा खुल्ला महिला भलिबल प्रतियोगिताको इभेन्ट थप भएको छ । माघ ११ गतेदेखि २१ गते सम्म सञ्चालन हुने गरी आयोजना भएको महोत्सव आयोजकले महिला खेलाडीहरुको मागलाई मध्यनजर गर्दै महिला भलिबल प्रतियोगिता समेत सञ्चालन गर्ने तयारी गरेको हो । महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गणेश लामिछानेले दिएको जानकारी […]


पर्वत महोत्सवको पूर्व सन्ध्या जिल्ला स्तरीय दौड प्रतियोगिता हुने

पर्वत / जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा जिल्ला स्तरिय खुल्ला सडक दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा यही माघ ११ गतेबाट सुरु हुन लागिरहेको सातौँ पर्वत महोत्सवको पूर्व सन्ध्यामा पुरुष र महिलाका लागि खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङका […]


राष्ट्रियता चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुन्छ : सांसद गिरी

पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले राष्ट्रियता चिनाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कुश्मा नगरपालिकाको दुर्लुङमा आयोजीत ल्होसार मेलाको समापनको अवसरमा बोल्दै सांसद गिरीले खेलाडीहरुका कारण राष्ट्रको गरिमा बढ्ने र राष्ट्रियता थप परिचित हुने कुरा उल्लेख गरेका हुन् । उनले खेलाडीहरु विश्वभर परिचित हुने हुँदा उनीहरुका माध्यमबाट देशको परिचय विश्व ब्यापी […]


नवौँ खेलकुद प्रतियोगिता-पर्वतमा भएको कराँतेमा १९ मध्ये १६ स्वर्ण विभागीय टिमले जिते

पर्वत /नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सम्पन्न कराँते प्रतियोगितामा विभागीय टिम हाबी भएका छन्। गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएका खेलमा कराँतेका १९ मध्ये विभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ। यस्तै पुलिसले तीन रजत र पाँच काँस्य पदक हात पारेको छ। पुलिसका खेलाडीले […]


नवौँ राष्ट्रिय खेलकुद : कराँते आजदेखि पर्वतमा, ३२ स्वर्णका लागि प्रतिस्पर्धा

पर्वत /नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फको ‘इभेन्ट’ पर्वतको कुश्मामा शनिबार सुरु हुँदैछ। पर्वत जिल्ला कराँते संघका संयोजक तथा स्थानीय आयोजक समितिका सदस्य राम श्रेष्ठका अनुसार विभिन्न १९ वटा ‘इभेन्ट’ मा हुने प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान आठ बजेका लागि तय गरिएको छ। पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ। शनिवार नै […]


मुस्ताङ जिल्लाको लोमान्थाङमा बिश्वमै सबैभन्दा उचाइमा निर्माण भयो गल्फ कोर्स

मुस्ताङ /नेपालमा सबैभन्दा उचाइमा गल्फ कोर्स निर्माण भएको छ। मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोर्सको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको बताइएको छ। भारतको सिक्किममा रहेको याक गल्फ कोर्स यसअघि सर्वाधिक हाइ अल्टिच्युटमा रहेको गल्फ कोर्षका रुपमा परिचित […]


कुस्मामा थ्री ए साईड भलिबल प्रतियोगिता सम्पन्न , प्रथम पुरस्कार निरमाया दोहोरी साँझले जित्यो

पर्वत/पर्वतको सदरमुकाम कुस्माबजारमा तीन दिने थ्री ए साइड भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पर्बत स्पोर्ट्स हाउसले आयोजना गरेको थ्री ए साईड भलिबल प्रतियोगितामा निरमाया दोहोरी साँझ पोखरा प्रथम भएको छ । निरमाया दोहोरी साँझ पोखराले बौद्ध युवा क्लबलाई पराजित गर्दै प्रथम पुरस्कार जितेको हो । प्रथम हुने निरमाया दोहोरी साँझले ४० हजार नगद, ट्रफी […]