Author Archive
Stories written by editor

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्ण

भक्तपुर, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल विहीबार सार्वजनिक गरेको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए । परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी […]


चिलीमा ८.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, भदौ ३१ । दक्षिण अमिरिकी मुलुक चिलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँको राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ । सान्टियागोबाट करिब २४६ किलोमिटरको टाढा उत्तर–पश्चिम तटीय क्षेत्रमा भूकम्पको झड्का ८.३ म्याग्निच्यूड मापन भएको छ । ‘प्यासेफिक सुनामी वार्निङ सेन्टर’ले भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने चेतावनी दिएको छ । भूकम्पका कारण अहिलेसम्म […]


एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने

भक्तपुर, भदौ ३१ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार (आज) एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेबाट ३० गतेसम्म सञ्चालन भएको एसएलसी पूरक परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी […]


०७ सालदेखिको सपना पूरा भयो : प्रधानमन्त्री, नेपालको विजय : दाहाल

काठमाडौँ, भदौ ३१ । नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गरेका छन् । दीपावली गरौं : प्रधानमन्त्री बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताए । सङ्क्षिप्त प्रतिक्रिया दिँदै […]


टर्‍यो कांग्रेसको वैधानिक संकट

काठमाडौं, भदौ ३१ । संविधान र पार्टी विधानमा भएको व्यवस्थाबमोजिम महाधिवेशन गर्न नसक्दा उत्पन्न हुन लागेको कांग्रेसको संवैधानिक संकट टरेको छ । संविधानसभाको बुधबार बसेको बैठकले संविधान मस्यौदाको धारा २६४ मा उल्लेख रहेको राजनीतिक दलको गठन, दर्ता र सञ्चालसम्बन्धी व्यवस्थाको उपधारा ४ को ‘ख’ पारित गरेपछि तत्कालका लागि कांग्रेसको संवैधानिक संकट टरेको समाचार आजको नयाँ […]


यी हुन् नयाँ संविधानका प्रमुख विशेषता

काठमाडौँ, भदौ ३१ । संविधानसभाको बुधबारको बैठकले पारित गरेको नेपालको संविधान, २०७२ ले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समृद्ध नेपालको परिकल्पना गरेको छ । नेपालमा झण्डै २४० वर्षदेखि कायम एकात्मक ढाँचामा सञ्चालित मुलुकको शासन व्यवस्थालाई सात प्रदेशसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकमा रुपान्तरण गर्नु नयाँ संविधानको मुख्य विशेषता हुनेछ । जारी हुन बाँकी नयाँ […]


‘असोज तीन कालो दिन’

काठमाडौं, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाई असोज ३ गते देशभरी जलाइने र त्यो दिनलाई कालोदिवसका रुपमा मनाउने बताएका छन् । बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टीका अध्यक्ष महतोले मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार सम्बोधन नहुने यो संविधानलाई दुई तिहाई जनताले […]


ऐतिहासिक सफलता : नेम्वाङ

  काठमाडौँ, भदौ ३० । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिएका छन् । संविधान पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको सहभागितामा लामो समयदेखिको चाहना र भावनाका साथ संविधानसभाबाट संविधान बन्ने सपनाले मूर्तरुप लिएको बताउँदै यसमा सबैको योगदान रहेको छ भने । हर्षित र गम्भीर […]


रामजी पौडेलका हत्याराद्वारा आत्मसमर्पण

पोखरा, भदौ ३० । नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न रहेका फरार अभियुक्त रविन केसीलाई अदालतले आज जेल चलान गरेको छ । नेता बादलको हत्या गरी झण्डै एक महिना फरार रहेका केसीले आजै प्रहरी कार्यालय पोखरा गई आत्मसमर्पण गरेका हुन् । कास्की लेखनाथ–१३ का बस्ने केसीलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि जेल चलान […]


७५ किलो चरेससहित ९ जना पक्राउ

भीमदत्तनगर, भदौ ३० । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट ७५ किलो चरेससहित बुधबार नौ जना पक्राउ परेका छन् । चरेससहित पक्राउ पर्नेमा कडेल गाविस–५ का ३० वर्षीय रामलाल उपाध्याय, ६० वर्षीय हरि सार्की, २१ वर्षीय विवेकराज उपाध्याय, दौलीचौर–९ का २८ वर्षीय विनोद बोहरा, सुर्मा गाविस–८ का ५५ वर्षीय जयबहादुर जेठारा, गाविस–९ का ३४ वर्षीय लालबहादुर बोहरा, […]


भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’