Author Archive
Stories written by editor

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाडौँ,  भदौ ३१ । विभिन्न राजनीतिक दलका नेताले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग हुन नहुनेमा जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले विद्यालय शान्ति क्षेत्र सरकार र प्रमुख दलको प्रतिबद्धताको विषय बनिसकेकाले त्यसको अक्षरशः कार्यान्वयन हुनुपर्ने बताउनुभयो […]


नयाँ खासा संविधानबाट गरिएको विकासको आशा

काठमाडौँ,  भदौ ३१ । नेपालको नयाँ संविधान बुधबार संविधानसभा बैठकबाट पारित भएपछि रत्नपार्कमा फुटपाथ पसल गर्दै आउनुभएकी सुकमेली थामीको अनुहारमा खुसी छाएको छ । धेरै समयपछि संविधान आएको छ, खुसी त यत्तिकै लागिहाल्छ नि, विगत सात वर्षदेखि रत्नपार्कमा फुटपाथ पसल चलाउँदै आउनुभएकी सुकमेलीले थप्नुभयो,– “त्यसमा के छ मलाई थाहा छैन, तर हिजो संविधान आएपछि अब […]


एएफसी यु–१६ फुटबलमा भोलि नेपालले किर्गिस्तानको सामना गर्ने

काठमाडौँ,  भदौ ३१ । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले विजय लक्ष्यका साथ भोलि शुक्रबार बेलुका किर्गिस्तानको सामना गर्नेछ । उक्त प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले […]


अख्तियारले सबैलाई छानबिनको दायरामा ल्याउने

रामपुर (पाल्पा), ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख विश्वप्रकाश सुवेदीले सरकारी रकम एक पैसा पनि दुरुपयोग गर्ने सरकारी कर्मचारीलाई छानबिनको दायरामा ल्याउने बताउनुभएको छ । पाल्पाका सरकारी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको आज आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख सुवेदीले आर्थिक पारदर्शिता र सरकारी सेवालाई अनुशासित बनाउन अख्तियारले […]


सडकलाई ८२ फुट गर्न बुुटवलका तीनसय घर भत्काइँदै

लुम्बिनी (रुपन्देही),  भदौ ३१। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क (चिडियाखोला) सम्मको सडकलाई ८२ फुट कायम गर्दा ३०० वटा घर भत्काउनुपर्ने अवस्था देखिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयले हालै गरेको नापीअनुसार सडकको दायाँबायाँ रहेका ४०० घरमध्ये ३०२ वटा घर ८२ फुटभित्र पर्ने देखिएको हो । यस्ता घरलाई भत्काएर सडकलाई ८२ फुट कायम गरिने कार्यालयले […]


खडेरीले कालीकोटका छ गाविस भोकमरीको चपेटामा

कालीकोट, भदौ३१  । जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने चिन्ता लागेको छ । जिल्लाका धौलागोह, खिन, नानिकोट, थिर्पू, राम्नाकोट र बदालकोटका स्थानीयले लगाएको मकै, धान र कोदोलगायतको बाली सुकेर नष्ट भएपछि स्थानीयलाई भोकमरी हुने चिन्ता पसेको छ । खडेरीले धान […]


प्रधानमन्त्री कोइरालासँग ३३ दलीय मोर्चाको वार्ता

काठमाडौँ,  भदौ ३१। प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेको छ । वार्ता ३३ दलीय मोर्चाले राख्दै आएका माग, संविधानसभाबाट निर्मित नयाँ संविधान र मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको थियो । वार्तामा प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व […]


स्वचालित पेस्तोलसहित युवक पक्राउ

सिरहा, भदौ ३१ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ […]


हिन्दू–मुसलमानले सँगै मनाए तीज

भक्तपुर, भदौ ३१ । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन् । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् ।   देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा भक्तपुरमा भने हिन्दू धर्मका साथै अन्य धर्म मान्नेहरुले पनि धार्मिक […]


संविधान पारितसँगै निजी क्षेत्र उत्साहित

चितवन, भदौ ३१ । लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ । स्थायी सरकार बन्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक सन्देश प्रवाह हुने भन्दै लगानीको पर्खाइमा रहेका स्वदेशी र विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्रमा लगानी गर्नेमा पनि निजी क्षेत्र विश्वस्त बनेको छ । बन्द, हडतालका […]


भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’