पर्वतको महाशिला गाउँपालिकामा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा


पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । समयमै उपचार नपाएका कारण नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुषालले बताउँनुभयो । ‘गाउँपालिकाले आम नागरिकलाई अनुभुति हुने गरि निशुल्क एम्बुलेन्स सेवा अघि सारेको बताउँनुभयो । एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन । उहाँले भन्नुभयो, ‘अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको छ ।’

गाउँपालिकाले सुत्केरी महिलालाई अस्पतालबाट घर सम्म र सुत्केरी हुने महिलालाई अस्पताल सम्म पु¥याउँन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीले वडा भित्र २ हजार,पालिका भित्र,३ हजार, कुश्मा,वालिङ ५ हजार, पोखरा ९ हजार,पाल्पा १२ हजार वुटवल,चितवन १५ हजार र काठमाण्डौका लागि १७ हजार रुपैया उपलब्ध गराउँने जानकारी दिनुभयो । घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेका धेरै घटनाहरु छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने सन्देश दिन पनि एम्बुलेन्स सेवा संचालनमा ल्याइएको पराजुलीले बताउँनुभयो । यस सेवाले गाउँपालिकाको ‘जिरो होम डेलिभरी’अभियानलाई साकार बनाउँन समेत सहयोग पुग्ने उहाँले बताउँनुभयो ।

एम्बुलेन्स सेवा भरपर्दो र ब्यवस्थित तवरले संचालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले बताउनुभयो । ६ वडा रहेको गाउँपालिकाले प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’