बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र


पर्वत । बजेट अभावमा पर्वत जिल्लाका एक दर्जन बढि आयोजनाहरुको निर्माण कार्य अलपत्र परेको छन् । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट समेत संघ तथा प्रदेशबाट खानेपानी कार्यालयमा प्राप्त नहुँदा आयोजना सम्पन्नको अन्तिम चरणमा पुगेका आयोजनाहरुको समेत काम रोकिएको छ ।

जिल्लाका खानेपानीको चरम समस्या बेहोरीरहेका जिल्लाको विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा बजेट अभावका कारण आयोजनाको काम रोकिँदा यस बर्ष पनि स्थानीयले खानेपानी उपभोग गर्न नपाउने देखिएकोछ । विहादी गाउँपालिकाका पूर्व अध्यक्ष कमल भुषालले आयोजना सम्पन्नको अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान हुन नसकेको बताए । उनले खानेपानी जस्तो संवेदशिल क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन वेबास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए विहादीका लिप्टिङ खानेपानीका आयोजनाहरु सम्पन्न हुने बताए ।

रकमको अभावमा जिल्लाको सवै भन्दा धेरै खानेपानीको समस्या रहेको विहादीको शालिग्रामका नयाँ निर्माण गरिएको ट्यांकीहरु समेत चर्किएर भत्कन सक्ने जोखिम बढेको स्थानीयबासीहरु बताउँछन् । खानेपानी आयोजनाको लागि संघीय सरकारबाट बजेट उपलब्ध नहुँदा बजेट उपलब्ध गराउन नसकिएको संघीय खानेपानी तथा सरसफाई आयोजना पोखराका प्रमुख कुलप्रसाल पौडेलले जानकारी दिए ।

पर्वत जिल्लामा साना र ठुला गरी झण्डै २ दर्जन खानेपानीका आयोजनाहरु संघ र प्रदेश सरकारको तर्फबाट निर्माणधिन अवस्थामा छन् । आयोजनाहरु मध्ये लिप्ट खानेपानी रानीपानी, बर्राचौर र शालिग्राममा संघ सरकार तर्फबाट सञ्चालीत छन् । यसैगरी तिलाहार र दुर्लुङमा पनि संघीय खानेपानी आयोजना सञ्चालनमा छन् । बजेट अभावमा यी सवै आयोजनाको काम विगत ३ महिना देखि रोकीएको छ । अन्तिम चौमासिकका लागि बजेट उपलब्ध नहुँदा आयोजनाका काम प्रभावित भएको प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

बजेट उपलब्ध हुँदा असार मसान्त अघि नै सम्पन्न हुने आयोजनाको काम समेत बजेटकै अभावमा रोकिएकाले बजेट उपलब्ध गराउन प्रयास भईरहेको संघीय सांसद पदम गिरी बताउँछन् । आधारभूत आवश्यकताको रुपमा सरकारले ग्यारेन्टी गर्नुपर्ने खानेपानी जस्तो आयोजनाहरुमा बजेट अभावको कारण देखाउँदै सरकारले बजेट उपलब्ध नगराउँदा सवै आयोजनाहरुको निर्माण कार्य प्रभावित भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’