म कुनै ठेकेदार होईन
-स्वस्थानी रिजाल
सिर्जनाहरू समुद्र झै फैलाउने मन छ
कल्पनाहरू साकार हुनुपर्ने हो पनि भन्छ
असरल्ल योजनाहरू सम्हालेर
लक्षित ठाउँमा पुर्याउन लागिरहन्छु,
जहां पुग्छु कुस्माकै लागि मागिरहन्छु ।
म र मेरो नगरवासी हरुमा परिवर्तन देखेको छैन,
नत पर- बासी हरूनै उत्साहित भएको देख्छु
मेरो घरबाट टाढा पश्चिम को पहाडलाई सोध्छु
बाग्लुड० तिर कस्तो छ मालिका ?
“यस्तैछ नानी बाढीपहिरो पछि दुई-बोरा चामल
चोखिनका दुईपोका र सातुसामल पाउंछन्
दशैंदेखि तिहारसम्म रमाउँछन्,
पिडीतको नाउंमा केही मान्छे हरु कमाउंछन्,”
“ मेरो पाउदेखि शिरसम्म चिराचिरा परेको छ,
हिउँदताका ठेकेदारको डोजरले घिसार्छ,
बर्खाताका पहिरोले धसार्छ,
अनि “विपत” समिति ले चिरफारै नगरी
मलमपट्टी लगाउँछ,काम सकेको खुशीमा
वियर र रक्सी बगाउँछ।”
“ नेताहरू ठेकेदार छन्
काममा उनिहरूनै हकदार छन्,
मलाई प्रति प्रश्न गर्छ
“के तिमीपनि ठेकेदार हो नानी?
मन अमिलो हुन्छ
दृश्य धूमिलो बन्छ
मन भक्कानिन्छ,
मुटू फुट्ला जस्तो हुन्छ
बुझेर पनि नबुझे झैं बन्न खोज्दछु,
सांघ्चै उ निर्जीव पहाड भएरपनि सजीव चित्रण गर्दैछ,
हाम्रो स्थानीय परिवेशको ।
उ बिरोध गरिरहेछ बल मिच्याइँ को,
म पनि अनगिन्ती मिच्याइँका विरूद्ध आवाज
लिएर आउँदैछु है “मालिका”!
म कुनै ठेकेदार होईन, आवाज विहीन हरूको
“आवाज” हुँ।
उपप्रमुख कुश्मा नगरपालिका
२०८० जेष्ठ १६ गते