परिवर्तन प्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना


काठमाण्डौ/राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको परिर्वतन प्रतिको तीब्र आकाक्ष्ांको यथोचित सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
गणतन्त्र दिवसको अवरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतन प्रति नै बितृष्णा पैदा गर्ने आवाजहरु सुनि थालेका कारण नागरिकको परिर्वतन प्रतिको तीब्र आकांक्षालाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतीत भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप संचालन हुन नसक्दा सरकार तथा सिंगो राजनीतिक प्रणाालीप्रति नै वितृष्णा पैदा गर्ने आवाजहरु पनि सुनिन थालेका छन्।’ अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा भन्नुभएको छ , ‘नागरिकको परिवर्तनप्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन, उपलब्ध सधान र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्र्पूा सरोकारवालाहरु सृजनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु।’
अध्यक्ष तिमिल्सिनाले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको बताउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन संचालन हुने यो व्यवस्था आँफैमा एक उन्नत राजनीतिक प्रणाली हो भन्नुभएको छ।
उहाँले नेपालको संविधानले वहुदलीय प्रतिस्पर्धात्मक संघी लोकतान्त्रिक गणातन्त्र, नागरिक स्वतन्त्रता, बालिक मताधिकार, आवधिक निर्वाचन, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य एंव सबै प्रकारका विभेद तथा भेद्भावको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने परिकल्पना गरेको पनि शुभकामना सन्देशमा उल्ले उल्लेख गर्नुभएको छ । संविधानका यिनै विशेषताहरुको पूर्णत कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक परिवर्तन ल्याई नेपाललाई समृद्ध राष्ट्रको रुपमा अगाडी बढाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्र दिवसले सबैलाई उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिएको भनाई अध्यक्ष तिमिल्सिनाको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’