टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

तनहुँ/तनहुँको बन्दीपुरमा सञ्चालनको तयारी भइरहेको बन्दीपुर केवलकार अहिले परिक्षणको चरणमा छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड अन्तर्गतको केवलकारको जडानका सम्पूर्ण कामहरु सम्पन्न भएर हाल परिक्षण अवधि चलिरहेको छ।

केवलकारको सम्पुर्ण मेकानिकल सामाग्रीहरुको जडान गत बैसाख २५ गते सम्पन्न भएपछी नियमित परिक्षण गरिरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । परिक्षण सकिए पछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त हुने र प्रमाणपत्र प्राप्तीसँगै केवलकार व्यवसायिक रुपमा सञ्चालन गर्ने योजना रहेको शर्माले बताए ।

हाल रोपको लोड परिक्षणको काम भइरहेको कम्पनीले जनाएको छ । यही जेठ २५ गते सम्म मेटरियल गोंडोला मार्फत सामान बोकेर दोस्रो चरणको लोड परिक्षण हुनेछ । त्यसपछी तेस्रो चरणमा असार १५ सम्म सिमित मानिसहरु बोकेर परिक्षण गरिनेछ ।

यी तीनै चरणको कामहरु सम्पन्न भएपछी अन्तरास्ट्रिय प्रबिधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र, टि.यु.भी सर्टिफिकेट (Technischer Überwachungs verein) र अन्य सबै खालका सुरक्षा एबं सम्पन्नता सम्बन्धि प्रमाणपत्र प्राप्त गर्न कम्पनी सफल हुनेछ ।

प्रमाणपत्र प्राप्त भएपछी औपचारिक रुपमा केवलकार कमर्शियल अपरेसनमा ल्याउने योजना रहेको कम्पनीका गुणस्तर एबं प्रबिधि इन्सपेक्सन डिरेक्टर सुप्रियो मण्डलले बताए । कम्पनीले सुरक्षा र गुणस्तर पहिलो प्रथामिकता दिएकाले सम्पुर्ण सुरक्षा प्रत्याभूति भएपछी मात्र व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।प्रतिस्पर्धाको लागि मात्र हतारमा केवलकारलाई कमर्शियल अप्रेशनमा ल्याउन नचाहेको उनी बताउछन् ।

प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजे सम्म चल्नेछ । केवलकारले साँझ ५ बजे देखि राति ११ बजे सम्म रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एबं आराम कक्ष समेत संचालन गरेर नयाँ स्वाद पस्किने तयारी समेत गरिरहेको कम्पनीका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । आम नागरिकले राम्रो लगानी गरेकाले पनि यस परियोजना बारे धेरैको चासो पनि रहेको छ । कुल ३ अर्ब ५० करोडको लागतमा निर्मित पाँचतारे होटेल सहितको संरचना नमुना बन्ने दाबी कम्पनीले गरेको छ ।

यस परियोजनाको पाँच तारे होटल समेत आगामी दशैं भित्र नै संचालनमा ल्याउने तयारी गरिएको छ । ३९% प्रतिशत मात्र ऋण लिएको यस परियोजनामा एसबिआइ बैंक लि र सहबित्तियाकरणको रुपमा एनएमबि बैंक बैंकिंङ्ग पार्टनर रहेको निर्देशक शिब शर्माले बताए ।

पृथ्वी राजमार्गको केवलकार चोक देखि बन्दीपुर सम्म १७०० मिटर लामो रहनेछ । केवलकारको बटम स्टेशनमा आकर्षक बगैँचा र टुरिस्ट कोर्ट रेस्टुरेन्ट (ड्राइभ इन) ब्राण्ड असार १५ देखि संचालनमा ल्याउने कम्पनीका कार्यकारी निर्देशक किरण पोख्रेलले जानकारी दिए ।

परियोजनामा ११ वटा महत्वपूर्ण पूर्वाधार छन् । यस अन्तर्गतका सबै पुर्वाधार आगामी १८ महिनाभित्र सम्पन्न गरि पर्यटनको केन्द्र बनाउने योजना रहेको कम्पनीका अर्का निर्देशक इन्जिनियर हरिदत्त पौडेलले बताएका छन् ।

‘‘पहाडकी रानी’’को नामले परिचित पर्यटकीय नगरी बन्दीपुरमा निर्माण हुन लागेको पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना अन्यको तुलनामा विशेष रहेको कम्पनीले दावी गरीरहेको छ । विविध अनुपम फिचरयुक्त रहेकोले पनि यस केवलकारका बारे आम मानिसहरुले फरक धारणा राखेको पाइन्छ । साथै यसले गण्डकी प्रदेशकै पर्यटकीय बिकासमा नयाँ आयम थप्न सक्ने आकलन समेत गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’