पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग


पर्वत/नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य गुल्मीको रिडी सम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रुसले चाँसो देखाएको छ ।
रुसले पोखरालाई आसपासका पर्यटकीय गन्तब्य जोड्ने रिडी–पोखरापर्यटकीय सडक निर्माणका लागि नेपाल सरकार संग बिस्तृत परियोजना प्रस्ताब मागेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालै सम्पन्न रुस भ्रमणका क्रममा रिडी पोखरा सडक निर्माण गर्ने बिषय छलफलमा उठेको थियो । अध्यक्ष तिमिल्सिनालाई नेपाल स्थित रुसी राजदुतावासले मे ४ मा पत्र लेख्दै यो सडक सहित १३ परियोजनामा सहयोग गर्ने गरी नेपाल सरकारबाट बिस्तृत परियोजना प्रस्ताबहरु अघि बढाउन आग्रह गरेको छ । रुस आग्रहपछि भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयले जेठ २ को सचिबस्तरीय निर्णयबाट परराष्ट्र मन्त्रालयलाई रुस संग थप काबार्ही अगाडी बढाउन पत्राचार समेत गरेको छ । स
पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुंखु–उरामपोखरा–सेतीबेणी– रिडी पुग्ने सडक ५६ दशमलब २१८ किलोमिटर लामो छ । सडकको अधिकाँश भागमा क ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानिय सरकारले कालोपत्रे समेत तगरेका छन । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडकलाइै बैकल्पिक राष्ट्रिय राजमार्गको रुपमा आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा समेत समेटिएपछि अहिले काम भैरहेको छ । चालु आर्थिक बर्षमा पनि सडक डिभिजन पोखरा मार्फत २ करोड बजेट बिनियोजन भएको छ । पामे देखि पोखरा खण्ड र पर्वतको महाशिला गाउँपालिकामा काम भैरहेको सडक डिभीजन पोखराका इन्जिनियर उज्ज्वल शर्माले बताउनुभयो ।

सडक डिभीजन पोखराका अनुसार यो सडक नाली सहित ९ मिटर चौडा हुनेछ भने सडकलाई ५ मिटर चौडाई मात्रै कालोपत्रे गरि दुबै तर्फ एक एक मिटरको साईकल लेन बनाउने तयारी छ । यो सडकमा १० देखि २० मिटर लम्बाईका साना पुलहरु १४ वटा बनाउनुपर्ने छ भने २ देखि ६ मिटर सम्मका आरसिसी स्लाब ११ वटा मात्रै बनाउनुपर्छ । सबै सडकमा ह्युमपाईप कल्र्भट २ सय १४ वटा छन । पोखराबाट डाँडैडाडा सेतीबेणी देखि पोखरा सम्म बन्ने भएकाले ठुला पुल तथा धेरै कल्र्भटहरु नपर्ने हुँदा यो सडक तुलनात्मक रुपमा सस्तो समेत पर्ने सडक डिभीजन पोखराले जनाएको छ ।

सडक निर्माणका लागि रुस संग सम्झौता भएमा पोखराबाट डाँडैडाडा सेतीबेणी हुँदै रिडी सम्म पक्की सडकमा पुग्ने पर्वतबासी र पर्यटकको चाहनाले मुर्तरुप लिने छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आउनु भएको थियो । २०७० सालको संबिधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उमेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो । सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’