कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्ने

काठमाडौ‌ं /कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो।

तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो ।

संस्थापक शेयरधनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय किक्ता शेयर बिक्रि गर्न लागेकाे र कमलप्रसाद भुसाल र मोति प्रसाद पौडेलले पनि ५, ५ हजार कित्ता र अर्का शेयरधनी इन्द्र बिक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तल बिक्रि गर्न लागेको हाे ।

उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’