भ्रष्ट्रचार विरुद्ध पर्वतमा युवा संघ र अनेरास्ववियूको सिठि जुलुस


पर्वत । मुलुकमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नका लागि पर्वत सदरमुकाम कुश्माबजारमा सिठी जुलुस प्रदर्शन गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रि युवा संघ जिल्ला कमिटि पर्वतको आयोजनामा सिठी जुलुस प्रदर्शन गरिएको हो । नेकपा एमालेको पार्टी कार्यालयवाट शुरु भएको जुलुस लोकतान्त्रिक चोक हुँदै शिवालयचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उच्च पद वा लाभका पदमा रहेर गरेका नीतिगत, संस्थागत र व्यक्तिगत भ्रष्टाचारको छावविन स्वतन्त्र निष्पक्ष रुपमा गर्नका लागि प्रशासन संयन्त्रलाई नागरिक तहवाट दबाब सिर्जन ागर्नका लागि जुलुस प्रदर्शन गरिएको युवा संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य सुनिल बाँनीयाले जानकारी दिए । युवाहरुले भ्रष्टाचार गर्ने आफ्नो दल होस् वा अन्य दल र नेता हुन कसैलाई पनि छोड्न नहुनुमा जोड दिएका छन् ।

जुलुसपछि आयोजित कोणसभामा युवा संघका केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल र नअनेरास्वयूका सुजन शर्माले भ्रष्ट्रचारको अन्त्य गर्दै देशमा सुशासन कायम हुनुपर्ने धारणा राखेका थिए । जिल्ला पाटी कार्यालयबाट शुरु भएका रयाली सदरमुकामका विभिन्न चोकहरुमा पुगी शिवालय चोकमा पुगेर अन्त्य भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’