पर्वत कांग्रेस सचिवका प्रत्याशी मोहन आचार्यले पनि पार्टी छाडे


पर्वत। नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्याशी पार्टी छाडेका छन् । उनले सामाजिक सञ्जालमार्फत २५ वर्षदेखि आवद्ध भएको कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनी कांग्रेस १४औं महाधिवेशनमा पर्वत जिल्ला सचिवमा हारेका थिए ।

‘करिब २५ वर्षको यात्राबाट विश्राम लिँदै फरक यात्राका माध्यमबाट जोडिने सोचमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । आचार्य नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।

पार्टीले अवसरवादीलाई मात्र ठाउँ दिएकाले आफूले पार्टी परित्याग गरेको आचार्यले प्रतिक्रिया दिए ।

‘अवसरवादी भयो, नेताको चाकडी गर्नेलाई मात्र अवसर मिल्ने भयो, हामी जस्तो इमान्दार मान्छेलाई काम छैन’, आचार्यले नेपाल प्रेससँग भने ।

यसअघि कांग्रेस पर्वतका सभापतिका प्रत्याशी प्रभावशाली युवा नेता मिलन सुवेदी ३१ जनाले एकैपटक पार्टी परित्याग गरेका थिए । जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत थिए । उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन् ।

त्यसको केही दिनपछि नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले पनि पार्टी परित्याग गरेका थिए । त्यसबीचमा ५० भन्दा बढी कांग्रेस नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’