कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन


काठमाडौँ । नेपाली कांग्रेसभित्र मन्त्री छनोट विषयको विवाद सतहमा आएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तार गरेको मन्त्रिपरिषदमा कांग्रेसका चार जना मन्त्रीले शपथ लिए।

गठबन्धनमा यसअघि भएको सहमति अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भन्ने थियो । तर, शपथका लागि कांग्रेस सभापति देउवाले चार जना नेताको नाम मात्रै पठाए । पार्टी सगोलमा भएपनि आन्तरिक निर्णयमा गुट र उपगुटमा कांग्रेस चलेको विषय शुक्रबारको घटनाले लुक्न सकेन।

देउवाले नेताहरु पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाश शरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रीमा शपथ खुवाउन प्रचण्डलाई नाम दिएपनि अझै चार जना मन्त्री कसलाई बनाउने भन्नेबारे सभापति देउवा निर्णयमा पुग्न सकेनन्। यसको पछाडि उनी पाटी भित्र सबैले रुचाएको सभापतिको रुपमा होइनन् भन्ने सन्देश पनि हो।

पार्टीका एक नेताका अनुसार अहिले पनि कांग्रेसमा शेखर कोइराला–गगन थापा समूह छन्। चुनावबाटै चुनिएका सभापति देउवाले सर्वसम्मतिमा निर्णय लिन नसक्ने र देउवालाई एकलौटी ढंगले अगाडि बढ्न नदिने पङ्क्ति हाबी हुँदा गठबन्धनमा भएको भागवण्डा अनुसार मन्त्रीहरुले शपथ लिन नपाएको बुझाई ती नेताको छ। सिंगो पार्टीको नेतृत्व गर्ने देउवाले पार्टी भित्रको गुट–उपगुटलाई मिलाएर लैजान नसक्नु उनको कमजोरी रहेको उनले बताए।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी भनेको फलामको भित्तो जस्तो नभएर विचारको हुने बताए। उनले रातोपाटीसँग भने,‘ पार्टीमा विचारको कुरा हुन्छ। फरक मत हुन्छ। उत्तर कोरियाको कम्युनिस्ट पार्टी जस्तो होइन, नेपालको राजनीति, यहाँ विचार समूह हुन्छ। नेपालमा फष्टम्यानले जे भन्यो त्यही हुँदैन।’ शर्माले विचार, बहस, विवाद भएन भने पार्टी शून्यतामा जाने बताए। उनले भने,‘ पार्टी भित्र विचारै भएन, बहस नै भएन र विवाद नै भएन भने त शून्यतामा जान्छ र त्यो मसानघाट जस्तो हुन्छ । कि उत्तर कोरिया जस्तो हुन्छ।’

उनले पार्टी भित्र फरक विचार हुनु भनेको स्वभाविक रहेको बताए। उनले शुक्रबारको परिदृश्यबारे पार्टी भित्र मन्त्रिपरिषद् चयन गर्दा मन्त्री बन्न धेरै चाहना भएकालाई मिलाउन र समन्वय गर्ने काम भएको हुनसक्ने बताए । ‘कांग्रेसले आफूभित्र मिल्न नसक्दा सबै टुंग्याएन भन्नु स्वभाविक हो,‘ तर, सल्लाह गरिरहँदै गर्दा र फरक विचार राख्दै गर्दा र हामीले दुई वटा होइन तीन वटा चाहिन्छ भन्नु पनि सामान्य कुरा हो। यस्तो कुरा गर्न उत्तर कोरियामा पाइँदैन नेपालमा पाइन्छ। त्यही भएर नेपालमा लोकतन्त्र आएको हो,’ उनले भने ।

एक नेताका अनुसार देउवाले आफ्ना पक्षका ६ जनालाई समेट्न खोजेपछि शेखर–गगन समूह रुष्ट भएको हो। सोही अनुसार शेखर–गगन समूहको शुक्रबार बिहान बसेको बैठकले सम्मानजनक स्थान नदिए सरकारमा आफ्नो पक्षबाट कसैको सहभागिता नहुने निर्णय गरेको थियो ।

साथै प्रभावशाली नेताहरु प्रकाशमान सिंह, शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला पनि आफ्नो कोटाबाट मन्त्री बनाउन चाहन्छन् । सबैलाई समेट्न नसक्दा देउवाले शुक्रबार ८ वटै मन्त्रालयमा मन्त्री पठाउन त सकेनन् नै आगामी दिनमा यो विवाद थप बढ्न सक्ने देखिन्छ । उसो त विगतदेखि नै संस्थापन र इतर पक्षबीच भागबण्डामा विवाद हुँदै आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’