निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो


पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा—बेनी सडक स्तरउन्नतीको काम रोकिएको छ ।

कालीगण्डकी नदीबाट निर्माण सामाग्री उत्खनन गर्न नपाएको भन्दै निर्माण कम्पनीले काम बन्द गरेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकेको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण निर्माण सामाग्रीको अभावमा बिहीबारदेखि रोकिएको छ । निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले बेनी –जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै काम रोकेको जानकारी दिएको हो । कम्पनीले कामदारहरुलाइ घर पठाएको छ भने प्रयोग भएका उपकरणहरु साइट अफिसमा थन्काएर बसेको छ ।

सडकको निर्माण रोकिएपछि चौतर्फी दबाबका कारण सुरु भएपनि निर्माण सामाग्री नहुँदा काम रोक्नु परेको निर्माण कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताउनुभयो । सडकको धेरै ठाउँमा सब बेस र बेस बिच्छाउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पर्दाथ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको दाहालले दाबी गर्नुभयो । ‘सडकको क्षेत्रमा ढुंगा नै निस्कँदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन।’ उहाँले भन्नुभयो ‘सर्वोच्च अदालतले समेत निकास नदिएर उल्टै मुद्दा लम्बाउने प्रयास भएपछि गाडी र कामदार थन्काएर हिँड्न बाध्य भयौ ’

सडक निर्माणको सम्झौताको अवधिमा र वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समेत निर्माण सामाग्री कालीगण्डकी नदीबाट नै उत्खनन गर्ने उल्लेख छ । अहिले सम्म कालीगण्डकीबाट निर्माण सामाग्री निकाल्न नपाए पनि महँगोमा किनेर काम गर्दै आएको तर अब कुनै पनि हालतमा काम अघि बढाउन नसक्ने अवस्था भएकाले काम बन्द गर्नुपरेको दाबी निर्माण कम्पनीको छ । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन। ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौँ मजदुर, दर्जनौँ डोजर, टिप्पर थन्काएर राख्नुपरेको उहाँको गुनासो छ ।

कालीगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइने भएकाले क्रसर ब्यबसायीहरुले जथाभाबी उत्खनन हुँदा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुंगागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन् । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेश अनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई बिपक्षी बनाएर निर्माण सामाग्री व्यवस्थापनका विषयमा सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले पुरानो मुद्दा कायम रहेकाले नयाँ आदेश नदिएपछि निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको व्यवसायी दहालको दाबी छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि वि.स. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। करिडोरको निर्माण कार्य अलपत्र पर्न थालेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुसको दोस्रो साता मालढुंगा देखि तिब्बतको सिमाना कोरल्ला नाका सम्म अनुगमन गर्दै समस्याहरु फुकाउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।न्युज अफ नेपालबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’