आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग


पर्वत/ पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका मिर्गौला पिडित गोविन्द लामिछानेको उपचारमा सघाउन फलेवास नगरपालिकाको एक परिवारले आर्थिक सहयोग गरेको छ ।
फलेवास नगरपालिका ६ देवीस्थानका कृष्ण भुसाल, विजय भुसाल, विनोद भुसालकी आमाको १३ औँ दिनको पूण्य तिथिको अवसर पारेर पिपलटारीका लामिछानेलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको हो । दिवङ्गत भएकी आमाको चिर शान्तिको कामना गर्दै भुसााल परिवारले गोविन्दको मिर्गौला सम्बन्धी रोगको उपचारको लागि उक्त रकम सहयोग गरेको हो । असज अवस्थामा रहेका सहजमा ल्याउनु तथा जिवनको कठिन अवस्थामा परेकालाइ पुनर्जिवनमा ल्याउन सहयोग गर्नु महान काम हुने भएकोले उक्त परिवारले लामिछानेलाई सहयोग गरेको हो । मिर्गौला पिडित लामिछानेको मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका छन् ।
पर्वतको निर्वाचन क्षेत्र नं. २ का गण्डकी प्रदेश सभा सदस्य मित्रलाल वस्याल, फलेवास नगरपालिकाका संस्थापक प्रमुख पदमपाणी शर्मा, नेकपा एमाले फलेवासका नगरपालिकाका अध्यक्ष देवीप्रसाद तिमिल्सिना लगायत अन्य व्यक्तिहरुको उपस्थितमा आर्थिक सहयोग उपलव्ध गराइएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना