पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा



कतार
/पर्वत सेवा समाज कतारको अध्यक्षमा रघुनाथ शर्मा चयन भएका छन । पर्वत सेवा समाज कतारको छैठौ अधिबेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समाजको बरिष्ठ उपाध्यक्षमा आनन्दबहादुर जिसी, सहसचिबमा टंक तिवारी र कोषाध्यक्षमा सुवास जिसी तथा सदस्यमा भूमीप्रसाद भुसाल चयन भएका छन ।

समितिका बाँकी पद र सदस्यहरु कार्यसमितिको बैठक बसेर पदपुर्ति गरिने शर्माले जानकारी दिए । समाजको आगामी बैठकबाट बाँकी पदपुर्ति गछौ, उनले भने समाजलाई अझै प्रभाबकारी र सशक्त रुपमा अगाडी बढाउन वर्तमान कार्यसमितिले सबै संग हातेमालो गरेर अघि बढ्छ । पर्वत सेवा समाज कतारले प्रबाशमा रहेका पर्वतेलीहरुको हकहितका साथै स्वदेशमा बिरामीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने, बिभिन्न सामाजिक कामका लागि सहयोग संकलन र प्रवाशीलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न लगानीका लागि आग्रह र पहल गर्दै आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’