समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग


पर्वत /ब्लड क्यान्सरबाट पिडित बिरामीलाई उपचारमा सहयोग पुर्‍याउन हङकङमा संकलन गरिएको ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
काठमाण्डौ महानगरपालिका वडा नं २४ बल्खुकी ५७ बर्षिया ब्लड क्यान्सर पिडीत शान्तालक्ष्मी बस्न्यातलाई हङकङमा संकलन गरिएको ३ लाख ६ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । पर्वत मञ्चका अन्तराष्ट्रिय सल्लाहकार तथा आर्थर डाडाँखर्क सहयोग समिति हङकङका पुर्ब अध्यक्ष मिनप्रसाद गुरुङको पहलमा हङकङमा रहेका मनकारीहरुबाट उक्त सहयोग रकम संकलन भएको हो ।
बस्न्यातलाई उक्त रकम त्रिभुवन बिश्व बिद्यालय, शिक्षण अस्पताल महाराजगंजमा हस्तान्तण गरिएको समाजसेवी गुरुङले जानकारी दिनुभयो । बस्न्यातको गएको मंसिर २६ देखि शिक्षण अस्पतालको सुरेश वाग्ले स्मृति क्यान्सर युृनिटमा उपचार भैरहेको छ ।
गुरुङको पहलमा यस अघि पनि बिरामीको उपचार, बिद्यालय, सामाजिक काममा सहयोग संकलन हुँदै आएको छ । भविश्यमा पनि हङकङबासीका तर्फबाट यस्ता सहयोग भैरहने उहाँले प्रतिबद्धता पनि जनाउनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना