एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त


पर्वत । नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी यति बेला जिल्ला भ्रमणमा छन् । संसद वैठक आगामी १२ गते बस्ने भएपछि सांसद गिरी पर्वतका आफ्ना मतदाताहरु भेटन गृह जिल्ला आएका हुन् ।

निर्वतमान स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका गिरी निर्वाचनको बेलामा मतदान गर्ने मतदाताहरुको दुःख सुःख बुझनका लागि आफू निर्वाचन क्षेत्रका वडाहरुमा आइपुगेको बताउँछन् । निर्वाचन क्षेत्रका मतदाताहरुसंग भेट गर्दै एमाले केन्द्रिय सदस्य समेत रहेका गिरीले देश अस्थिरताको भुमरीमा फसेको बताएका छन् । उनले वर्तमान सत्ता गठबन्धनको आयू पनि लामो नभएको टिप्पणी गर्दै सरकार फेरबदल भईरहने नेपाली राजनीतिका कारण युवा वर्गमा राजनीति प्रति नै बृतिष्णा फैलिएको धारणा ब्यक्त गरे ।

पर्वत जिल्लाको फलेवास नगरपालिका शंकरपोखरी, थापाठाना, काार्किनेटा र कुश्मा नगरपालिकाको खौलामा पुगेर गिरीले मतदाताहरुसंग भेट गरेका छन् । निर्वाचन पछि आफू मन्त्रीको जिम्मेवारीमा रहेको र त्यस लगतै प्रमुख सचेतको जिम्मेवारी प्राप्त भएका कारण स्थानीयबासीसंग भेटघाट कम हुने उल्लेख गर्दै सांसद गिरीले जिल्लाबासीको समस्या समाधान गर्न आफू सधै लागि पर्ने बताए ।

गिरीसंगै एमाले प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, जिल्ला अध्यक्ष राजु पौडेल, जिल्ला पाटी उपाध्यक्ष पदमपाणी शर्मा, जिल्ला सचिवालय सदस्य शारदा कुमारी शर्मा, जिल्ला सदस्य परशुराम सुवेदी लगाएतको सहभागीता थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना