एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट


लन्डन । अल्डरसटस्थित एम्पायर हल व्यवस्थापन टिमले अल्डरसटको केन्द्र युनियन स्ट्रिटमा नयां रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

गत शुक्रबारसांझ एक विशेष समारोहबीच सुसी मोटो रेष्टुरेन्ट उद्घाटन गरिएको हो ।

जापनिज, चाइनिज, कोरियन र थाई खाना उपलब्ध हुने उक्त रेष्टुरेन्टमा तल ८० सिटिङ रेष्टुरेन्ट र माथि १२० जना खान बस्न मिल्ने हल समेत रहेको सञ्चालक पुरण गिरीले नेपाली लिंकलाई बताए । अब युनियन लाउन्ज एण्ड बार पनि छिट्टै खुल्ने तयारीमा रहेको गिरीले जनाए ।

‘जापनिज खाना स्वास्थ्यकर र बेलायतमा पपुलर बन्दै गएकाले पनि मैले सुसी मोटो शुरु गरें’, सञ्चालक गिरीले भने, ‘हामीसंग अनुभवी सेफ छन् । पारिवारिक वातावरण छ । सबैजना आएर स्वादिष्ट खानाको स्वाद लिन सक्नुहुनेछ ।’

झण्डै २० वर्ष अगाडि सुसी रेष्टुरेन्टमा काम गरेका थिए गिरीले । यसकारण पनि सुसीतिर आफ्नो बेग्लै लगाव रहेको व्यवसायी गिरीले बताए ।

बेलायत यतिखेर आर्थिक मन्दीतर्फ उन्मुख भएका बेला गिरीले किन जोखिम लिए ? प्रश्नमा उनको प्रष्टिकरण छ, ‘अप्ठरो बेला नै गर्ने हो विजनेश । सजिलो बेला त जसले पनि गरिहाल्छन् नि । अर्को कुरा क्वालिटी खाना दिए मानिसलाई जति नै आर्थिक मन्दी भएपनि खानु त परयो ।’

रेष्टुरेन्टले रसमोर बरोबाट फुड हाइजिन रेटिङमा ५ स्टार पाइसकेको जनाउंदै व्यवसायी गिरीले आफ्नो रेष्टुरेन्ट ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । गिरीसंग सानो ठूलो जस्तोसुकै कार्यक्रम गर्न उपयुक्त मानिने एम्पायर हल व्यवस्थापन र यसअघि रेष्टुरेन्टमा समेत राम्रो अनुभव भएकाले नयां रेष्टुरेन्टले पनि सफलता चुम्ने विश्वास गरिएको छ ।नेपाली लिंकबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना