पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित


पर्वत। /पर्वतमा चार वटा मोटरेबल पुलको निर्माण कार्य सुरु नहुँदै अनिश्चित बनेको छ । जनप्रतिनिधिहरु र स्थानीयवासीको निरन्तरको दबाबका बाबजुद पनि तत्काल निर्माण गर्नुपर्ने र पटक पटक बजेट पुस्तिकामा परेका ४ वटा पुलहरुको निर्माण प्रक्रिया बजेट अभावको कारण अझै अनिश्चित भएको हो ।

जिल्लाका ४ वटा महत्त्वपूर्ण स्थानहरुमा मोटरेवल पुल निर्माण गर्ने यस अघि नै सरकारले निर्णय गरे पनि हालसम्म पनि ती स्थानहरुमा मोटरेवल पुलको निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । कालीगण्डकी र मोदी खोलामा निर्माण हुने मोटरेवल पुलको निर्माण कामले गति लिन नसक्दा यी स्थानहरुमा सवारी आगमन तत्काल सुचारु हुने नदेखिएको हो ।

बहुप्रतिक्षित माझफाँटको बगरफाँट देखि बेनी बजार जोडने मोटरेवल पुलको टेण्डर यस वर्ष पनि आव्हान नै हुन सकेको छैन । यस स्थानमा अस्थायी रुपमा बेलिव्रीज निर्माण भने थालिएको छ । पक्की मोटरेवल पुल निर्माणको लागि ठेक्का आव्हान भने अझै भएको छैन । सडक विभागका इन्जिनियर नरेन्द भट्टका अनुसार अर्थ मन्त्रालयको नयाँ आयोजना सुरु नगर्ने परिपत्रका कारण उक्त पुलको निर्माण प्रक्रिया यस वर्ष पनि नहुने भएको छ । सोही परिपत्रकै कारण कल्लेरीघाट मोटरेवल पुलको काम पनि रोकिएको छ । उक्त पुलले कुश्मा र बलेवालाई सडक सञ्जाल मार्फत जोड्नेछ ।

यसैगरी पटक पटक बजेट विनियोजन भए पनि निर्माण कार्य सुरु नभएको कुश्मा बजार र ज्ञादी क्षेत्रलाई जोड्ने झाप्रेबगर मोटरेवल पुलको काम अझै पनि सुरु भएको छैन । झाप्रेबगर मोटरेवल पुलको निर्माण कार्यको लागि डिजाइन स्टिमेट फाइनल भए पनि विभागले अझै पनि ठेक्का आव्हान गरेको छैन । सडक विभागका इन्जिनियर लोमश उपाध्यायले सबै प्रक्रिया पुरा भएको र ठेक्का आव्हानको काम बाँकी रहेको बताउनुभयो

उता, मोदीखोलामै निर्माण हुने आम्बोट मोटरेवल पुलले मोदी ६ गिज्यानलाई प्रत्यक्ष फाइदा मिल्नेछ । उक्त पुलको पनि डिजाइन स्टिमेट फाइलन भए पनि ठेक्का प्रक्रिया अझै सुरु भएको छैन । ठेक्का प्रक्रियाको लागि फाइल तयार भएको तर निर्माण प्रक्रियाको लागि ठेक्का आव्हान भएको छैन ।

यसै बिच सरकारले दोविल्ला स्थित मोदी खोला मोटरेवल पुलको यस वर्ष देखि सर्वेक्षण कार्य अघि बढाएको छ । यस अघि निर्माण भएको दोविल्ला स्थित सस्वेन्सन व्रिजलाई विस्थापित हुने गरी निर्माण हुने मोटरेवल पुलको पूर्व सम्भाव्यता अध्ययन कार्य सुरु भएको छ । यस बाहेक जिल्लाको मोदी गाउँपालिका स्थित भुरुङदीखोलाको पुल विगत ७ वर्ष देखि अलपत्र अवस्थामा छ । निर्माण कार्य सुरु भएको उक्त पुल हालसम्म पनि सम्पन्न भएको छैन ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो