स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

काठमाडौं । स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो ।

आम नेपालीहरूको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ । तर, समयसमयमा सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्य नै गुम्नेसम्मको अवस्था सिर्जना हुनुले स्वास्थ्य बिमाप्रतिको नैराश्यता मात्र नभई बिरामी जटिल समस्यामा परेका छन् ।

आइतबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सर्भर डाउन हुँदा देशभरिका लाखौं बिरामीले सास्ती भोग्नुप¥यो । यस विषयमा स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली भन्नुहुन्छ– ‘बेलाबेलामा यस्तो समस्या आइरहन्छ तर यति लामो समय समस्या आएको यो पहिलोपटक हो । नेपालको स्वास्थ्य बिमाको सर्भर तयार पार्ने कन्सल्ट्यान्सी जीआईटीसीलाई मात्र विस्तृत जानकारी हुन्छ ।’ अझै पनि एपीआई लिंकमा समस्या भएकाले फाइल पठाउन मिले पनि सहज भइनसकेको उहाँले बताउनुभयो ।


शनिबार बिदा भएकाले आइतबार काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुरस्थित कोरियन अस्पताललगायतका देशैभरिका आम नागरिकको पहुँच हुने अस्पतालहरूमा बिहान ७ बजेदेखि नै टिकट लिनेको भीड थियो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजु भन्नुहुन्छ– ‘सर्भर नै डाउन भएपछि हामीले केही गर्नै सक्दैनौं । सर्भर बिहान ४ बजेदेखि नचलेको भए पनि बिमा बोर्डको प्राविधिक शाखा १० बजेपछि खुला हुने हुँदा थप समस्या आयो । कति आकस्मिक रूपमा र नियमित परीक्षणका लागि आएका बिरामीलाई पैसा तिरेर टिकट लिनुस् भन्न रजिस्ट्रेसन शाखामा कार्यरत कर्मचारी बाध्य भए । उनीहरूले बिरामीको प्रश्नको उत्तर दिन सक्ने अवस्था नै थिएन । कति बिरामीले बिमा छ भनेर साथमा पैसा नलिई टाढादेखि अस्पताल आएका छन् । उहाँहरूलाई घण्टौं लाइन बसाएर टिकट दिन नसक्दै दुःख लागेको छ ।’

त्यसै गरी ट्रमा सेन्टरका सूचना अधिकारी रमेश चापागाईंले पनि सर्भर डाउन हुँदा बिरामीलाई मर्का परेको बताउनुभयो । यता बिमा बोर्डका प्रवक्ता ज्ञवालीले एउटै मात्र सर्भर भएका कारण यो समस्या आएको विषयमा नेपाल सरकार जानकार छ । विगत वर्षदेखि नै अर्को सर्भर हेटौंडामा राख्ने योजना पेस गरिसकिएको छ भन्नुहुन्छ । यसरी सर्भरको सेवा वितरण ठूला र साना अस्पतालले चलाउने फरक हुन्छ । धेरै ठूला अस्पतालमा सेन्ट्रल सर्भर डाउन हुँदा हजारौं बिरामीलाई सास्ती हुन्छ र व्यवस्थापन पक्षलाई पनि उत्तिकै गाह्रो हुन्छ । तर, हामीले गर्न सक्ने खासै केही छैन ।

स्थ्स्वास्थ्य बिमा बोर्ड नेपाल सरकारको एक सामाजिक सुरक्षा कार्यक्रम हो । यसले नागरिकहरूलाई आर्थिक बोझ नराखी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच गर्न सक्षम बनाउने लक्ष्यका साथ अघि सारेको कार्यक्रम हो । यस कार्यक्रममा घरपरिवार, समुदाय र सरकार प्रत्यक्ष रूपमा संलग्न छन् । स्वास्थ्य बिमा कार्यक्रमले आपसी सहयोगको साथ पूर्वभुक्तानी र जोखिम संकलन संयोजन गरेर स्वास्थ्य सेवा लागतहरू जस्तै दुर्घटना वा रोगको कारण विनाशकारी खर्चका कारण मानिसहरूलाई गरिबीमा पर्नबाट रोक्न मद्दत गर्छ भन्ने सरकारको धारणा रहेको प्रवक्ता ज्ञवाली बताउनुहुन्छ ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो