मिलन ग्रुप अफ नेपालका संयोजक गुरुङलाई सम्मान, आनन्द गुम्बामा फर्निचर सहयोग


पर्वत : समाजसेवी तथा मिलन ग्रुप अफ नेपालका संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ ले कुश्मामा रहेको आनन्द गुम्बालाई उपलब्ध गराएका फर्निचरहरु शनिवार हस्तान्तरण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने घर भई हाल हङकङ रहँदा गएका गुरुङ र उनकी पत्नी गंगाले करिब एक लाख ६० हजार मूल्य बराबरका फलामे कुर्चीहरु मोदीकाली बुद्ध सेवा विकास समाजको भवनका लागि उपलब्ध गराएका थिए । समाजसेवी गुरुङ हङकङबाट पर्वत आएको मौका पारेर शनिवार बिहान गुम्बा नै आयोजित एक कार्यक्रमकाबीच ती फर्निचर समाजलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा बोल्दै समाजसेवी गुरुङ मिलन ग्रुप अफ नेपाल, मिलन फाउण्डेसन नेपाल, मिलन डि.जि इन्टरनेशनल लगायतका संस्थाहरुबाट समाजका बिभिन्न पक्षहरुमा आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । आफूले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका संस्था तथा व्यक्तिहरुलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आएको बताउँदै गुरुङले सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छन् ।

पाल्पाको विद्यालयमा पुस्तकालय स्थापना गर्नेदेखि पर्वत र पर्वत बाहिरका विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला, पोशाक, खेल पोशाक लगायतका सामग्री तथा नगद रुपैयाँ उपलब्ध गराउँदै आएका उनले पर्वतका बिभिन्न क्लब तथा समूहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् ।
कार्यक्रममा बोल्दै समाजसेवी गुरुङले आफू विदेशमा रहँदा पनि जन्मभूमिको मायाले सताउने गरेको बताउँदै नेपालमा समस्यामा रहेकाहरुलाई सहयोग गर्दा आत्मुन्तुष्टी मिल्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा समाजका तर्फबाट समाजसेवी गुरुङलाई फेता र भाङ्ग्रा लगाएर सम्मान गरिएको थियो।
मिलन फाउण्डेसनकी कार्यबहाक अध्यक्ष देवी गुरुङ, कलाकार तथा रोधी कार्यक्रमकी सञ्चालक बालकासी गुरुङ, लगायतले पनि बोलेका थिए । समाजका अध्यक्ष धनरास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मिलन फाउण्डेसनकी आर्थिक संयोजक धनु गुरुङ, सदस्य जयप्रकाश गुरुङ, थकाली सेवा समाजका अध्यक्ष चित्रबहादुर तुलाचन, तमु समाजका टेक बहादुर गुरुङ, नबबुद्ध महिला समूहकी उर्मिला गुरुङ लगायतले बोलेका थिए । कार्यक्रको सञ्चालन समाजका सचिव विपिन गुरुङले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो