राष्ट्रिय अध्यक्ष कप भलिबल शुरु ,महिना दिनमै सरकार परिर्वतन हुने परम्पराको अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सीना


पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले महिना दिनमै सरकार परिर्वतन हुने राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्ने बताएका छन् । शनिवार पर्वतको मोदी गाउँपालिका वडा न १ भुकमा आयोजीत राष्ट्रिय सभा कप प्रतियोगीताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले सरकार परिर्वतन भईरहने परम्पराको अन्त्य हुनुपर्ने बताएका हुन् ।

जनताले स्थिर सरकार देख्न चाहेको कुरा उल्लेख गर्दै उनले दलहरु एक आपसमा खिचातानी गरेर राजनैतिक अस्थिरता बनाईरहेको बताए । अध्यक्ष तिमिल्सीनाले नेपालमा दलहरु मिलेर स्थायी सरकार बनाउनुपर्ने तर्क गर्दै स्थिर गठबनधनहरु बन्ने भत्कने कुराको सांकेतिक विरोध समेत गरे ।

अध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यमबाट विश्व भर नेपाललाई चिनाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका हुने बताउदै खेलकुदलाई मनोरञ्जनका लागि समेत लिनुपर्ने कुरा उल्लेख गरे । अर्को एक प्रशंगमा तिमिल्सीनाले पर्वत जिल्लाका सवै वडाहरुलाई पक्कि सडकले केहि बर्ष भित्र छुने विश्वास दिलाए । उनले जिल्लाको विकासको गति तिव्र गतिमा भइरहेको उल्लेख गर्दै केहि अवरुद्ध आयोजनाहरु सञ्चालनमा आफूले गम्भिरतापूवर्क सहजीकरण गरीरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सांसद भक्त कुँवर जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक लगाएतले शुभकामना मन्तब्य राखेका थिए । अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बिमल लामिछाने र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष कप ४ दिनसम्म चल्नेछ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो